काठमाडाैँ- नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले आन्तरिक ऋण लिने सीमा राख्नुपर्ने बताएका छन्। शुक्रबार प्रतितिनिधि सभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक,२०७६ माथि छलफलमा बोल्दै पछिल्लो समय आन्तरिक ऋण अत्यधिक रूपमा बढेकोले सीमा राख्नुपर्ने बताएका हुन्। उनले विगतमा मुलुकको कुल गार्हस्थ्य उत्पादनको २.५ रहेकोमा अहिले ५ प्रतिशतभन्दा बढी पुगेको बताए। सांसद पुनले […]