भूमिसम्बन्धी समस्या समाधान गर्न सरकारले हालै गठन गरेको भूमि समस्या समाधान आयोग बागलुङले भूमिहीनलाई डेढ वर्षभित्रै जग्गा उपलब्ध गराउने तयारी थालेको छ ।
जिल्लाका १० वटै स्थानीय तहसँग सहकार्य गरेर तथ्यांक संकलनको काम भइरहेकाले डेढ वर्षमा नै बागलुङमा काम सक्ने तयारी रहेको आयोगको सचिवालयले जनाएको छ ।
केही दिन पहिला पदभार ग्रहण गरेका पदाधिकारीले धमाधम काम थालेका छन् । पहिलो चरणमा स्थानीय तहसँग सम्झौताको काम भइरहेको छ ।
आयोग बागलुङका अध्यक्ष कृष्णप्रसाद पाठकले नेपालमा भूमिसम्बन्धी समस्या धेरै लामो समयदेख...