व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, बाटो र सञ्चार सेवा दुबै अवरुद्ध

“म कहाँ आएर फसेँ, बेहाल भइसक्यो, एकाबिहानै फेसबुकको म्यासेन्जरमा आएको भिडियो कलमा सुनिएको आवाज हो यो ।”  त्यो आवाज अरु कोही नभएर जिल्ला प्रहरी कार्यालय दार्चुलामा

सम्बन्धित सामग्री

घोराहीको विकटबस्ती चाक्लीघाटमा सञ्चार सेवा

घोराही उपमहानगरपालिकाको विकटबस्तीका रुपमा रहेको चाक्लीघाटमा सञ्चार सेवा विस्तार भएको छ। घोराही उपमहानगरपालिका–२ स्थित चाक्लीघाट क्षेत्रमा मोवाईल सेवा (टावर) सञ्चालनमा आएको छ।

भोटखोलामा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध

चार दिनअघि परेको चट्याङले संखुवासभाको भोटखोलामा रहेको नेपाल टेलिकमको माक्पालुङ टावर बिगारेपछि सञ्चार सेवा ठप्प भएको छ ।

पातारासीमा निर्माणाधीन टावर वर्षौँदेखि अलपत्र हुँदा ८ हजार नागरिक सञ्चार विहीन

तत्काल सञ्चार सेवा सुधारका लागि पालिका र टेलिकम कार्यालयको ध्यानाकर्षण समेत गराइएको स्थानीय अभियन्ता बुढाको भनाइ छ।...

मुस्ताङको दामोदरकुण्डमा सञ्चार सेवा सहज

मुस्ताङ । मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ  । उपल्लो मुस्ताङमा रहेका दुईओटा बीटीएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज सञ्चार सेवा उपलब्ध हुने वातावरण बनाएको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । उनका अनुसार दामोदरकुण्ड गाउँपालिकामा पर्ने घिलिङ लोदा र नाङ्लियाको ‘बिटिएस टावर’को स्तरोन्नति गरिएको छ । ‘टुजी’ क्षमताका दुवै टावरको क्षमता बढाएर ‘थ्रीजी’ सेवा शुरू गरिएको उनले बताए । यसैगरी ४ हजार ४०० मिटरको उचाइमा रहेको धेयगाउँमा नयाँ बीटीएस टावर जडान गरिएको छ । टुजी क्षमताको टावरले दामोदरकुण्ड जाने पदयात्री तथा दर्शनार्थीका लागि सञ्चार सुविधा सहज हुने प्रमुख शर्माले जानकारी दिए । ‘मुस्ताङमा यसै पनि लोड कम छ, त्यहाँ विस्तार भएको थ्रीजी सेवाले मात्रै उपभोक्ताले उच्च गतिमा इन्टरनेट र भ्वाइस पाउँछन्,’ उनले भने, ‘मुस्ताङका सबै गाउँ कभर हुनेगरी नेटर्वक विस्तार भएकाले अब समस्या हुँदैन ।’ मुस्ताङमा टावर निर्माण नभएका ठाउँमा विद्युत्को पोलमा बीटीएस प्रणाली जडान गरेर टेलिकमले सेवा विस्तार गरेको छ । सदरमुकाम जोमसोम बजारमा ‘फोरजी सेवा’ विस्तार भइसकेकाले गाउँमा पनि आवश्यकताका आधारमा स्तरोन्नति गरिने टेलिकमले जानकारी दिएको छ । रासस

कालीकोटमा एक सातादेखि सञ्चार सेवा अवरुद्ध

साउन २१, कालीकोट । कालीकोटमा विगत एक सातादेखि सञ्चार सेवा अनियमित भएको छ ।  कालीकोटको शुभकालिका गाउँपालिका भर्तालेकस्थित नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक सातादेखि सञ्चार सेवा अनियमित बनेको हो । टावरमा खराबी आउँदा मोबाइल र ल्याण्डलाईन फोनसमेत सञ्चालन हुन नसक्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको व्यापारी भीमप्रसाद आचार्यले बताए । ‘टेलिफोन र मोबाइल सेवा सञ्चालनमा आउन सकेका छैनन्’, उनले भने, ‘बाहिर सम्पर्क गर्न टेलिफोन र इन्टरनेट सेवासमेत अवरुद्ध छ ।’ इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकिङ तथा वित्तीय सेवाबाट सञ्चालनमा समस्या रहेको मेघा बैंकका कालीकोट शाखा प्रबन्धक रोहनकुमार विष्टले बताए । ‘फोन सेवा अवरुद्ध हुँदा इन्टरनेट सेवा सञ्चालनमा आएको छैन’, उनले भने, ‘इन्टरनेट नहुँदा बैंकिङ सेवा लिन सेवाग्राही मर्कामा परेका छन् ।’ टावरमा आएको खराबीका कारणले टेलिफोन सेवा अवरुद्ध रहेको र टावर सञ्चालनका लागि काम भइरहेको नेपाल टेलिकम कार्यालय मान्मका प्राविधिक टोपराज न्यौपानेले जानकारी दिए । ‘टावरमा खराबी आउँदा फोन सेवा अवरुद्ध भएको हो । अहिले पनि मर्मतको काम चलिरहेको छ’, उनले भने, ‘नेपालगञ्जबाट थप सामान आइसकेको छ, चाँडै टेलिफोन सेवा सञ्चालन हुनेछ ।’ टेलिफोन सेवा अवरुद्ध हुँदा कालीकोटका नागरिक बाहिरी सम्पर्कबाट टाढा रहेको नरहरिनाथ गाउँपालिका–१ कोटबाडाका शिक्षक शेरबहादुर विष्टले बताए । ‘एक हप्तादेखि बाहिर रहेका आफन्तसँग सम्पर्क हुनसकेको छैन’, उनले भने, ‘फोन सेवा अरुवद्ध भएका कारणले अनलाइन कक्षा पढ्ने विद्यार्थी मर्कामा परेका छन् ।’ रासस

सञ्चार सेवा अवरुद्ध हुँदा तीन जिल्ला प्रभावित

जाजरकोट, ५ असार: मौसममा देखिएको परिवर्तनसँगै जाजरकोटलगायत तीन जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ । विगत एक सातादेखि लगातारको वर्षाका कारण मछाइनास्थित रिपिटर टावरको सोलार चार्ज नहुँदा जिल्लाको फोन सञ्चार सेवा अवरुद्ध भएको हो । जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । तर सबै टावरले दिनभर काम गरेको छैन । जिल्लाको मुख्य रिपीटर […]

मुड्केचुलामा सञ्चार सुविधा, एकैसाथ तीन टावर सञ्चालन

जाजरकोट : सञ्चार सेवाबाट समस्य भोग्दै आएका मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासीले आइतबारदेखि पालिकाभर सञ्चार सेवा पाएका छन्। पालिकाको वडा ३ प्यारीलेक , पातीहाल्न र वडा ८ को ओक्टमा एकै साथ तीन वटा टावर निर्माण भई सञ्चालनमा आएपछि स्थानीयवासीले टेलिफोन सेवा सहज रुपमा पाएको स्थानीयवासी दिलिप सिंहले बताए।सञ्चार सेवाभन्दा बाहिर रहेका मुड्केचुलावासीले घरमै बसेर फोन गर्न पाउँदा खुसी भएको सिंहले बताए।दिउँसोबाट नमस्तेको टावर सञ्चालन आएसँगै गाउँपालिकाको कुनै पनि क्षेत्रमा फोन सम्पर्क गर्न सकिने

चट्याङले क्षति भएको टावर मर्मत नहुँदा दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध

काठमाण्डाै – दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित भएका छन् । जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा  रहेको  नमस्ते  मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो । टावर मर्मतका लागि नेपाल  टेलिकम  क्षेत्रीय कार्यालय नेपालगञ्जलाई जानकारी गराएको भए पनि हालसम्म मर्मत हुन नसकेको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।   नेपाल टेलिकम क्षेत्रीय कार्यालयका उपनिर्देशक शिव खनालले...

हिमपातले मुगुमा ४ दिनदेखि सञ्चार सेवा अवरुद्ध

हिमपातले मुगुमा ४ दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ । शुक्रबारको भारी हिमपातले जुम्लाको घुच्चीलेकस्थित नेपाल टेलिकमको टिपिटर टावर बिग्रिएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो । जिल्लाभरि जीएसएम मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा बन्द भएको छ ।

रिपिटर टावर नहुँदा डोल्पामा सञ्चार सेवा समस्या

नेपाल टेलिकमको रिपिटर टावर कम हँुदा डोल्पाका विभिन्न ठाउँमा सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । जिल्लामा रहेका १३ टावरमध्ये छ स्थानमा स्याटेलाइट, पाँचस्थानमा माइक्रोवेभ र दुईवटा रिपिटर प्रविधिबाट सञ्चालन आएका छन् ।