नवनियुक्त चारै मन्त्रीद्वारा पदबहाली

काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारका नवनियुक्त चारैजना मन्त्रीले पदबहाली गरेका छन्। गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालले आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेका हुन्।कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने हिजै पदभार ग्रहण गरिसकेका थिए। कार्कीलाई देउवाले सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिएका छन्। देउवा सरकारमा कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री बनेका छन्। माओवादी केन्द्र

सम्बन्धित सामग्री

आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक भट्टद्वारा पदबहाली

नेपाल आयल निगम लिमिटेडको नवनियुक्त कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले बुधबार दिउँसो ४ बजे पदबहाली गरेका छन्। गत आइतबारको मन्त्रिपरिषद् बैठकद्वारा आगामी तीन वर्षका लािग निगमको कार्यकारी निर्देशक नियुक्त भएका भट्टले...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अन्जनीकुमार झाले गरे पदबहाली

चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष डा अन्जनी कुमार झाले पदबहाली गरेका छन्। आयोगका सहअध्यक्ष शिक्षामन्त्री अशोक राईको हातबाट पत्र बुझे लगत्तै उनले आयोगको कार्यलयमा पुगेर पदबहाली गरेका हुन्।

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले गरे पदबहाली (फोटोफिचर)

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदबहाली गरेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलबाट आज शितलनिवासमा शपथ लिएका प्रधानन्यायाधीश श्रेष्ठले आजै सर्वोच्च अदालत पुगेर पदबहाल गरेका हुन् ।  उनलाई अदालतमा भव्य स्वागत गरिएको थियो ।  पदबहालीसँगै...

मन्त्री आचार्यले गरे पदबहाली

काठमाडौं : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पदबहाली गरेका छन्।राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले आज (आइतबार ) दिउँसो मन्त्रालयमा पदबहाली गरेका हुन्। उनले बाल विवाहविरुद्धको रणनीति, २०७२  संशोधन सार्वजनिकीकरण गर्ने र सरोकारवालासँग छलफल चलाउने विषयमा पहिलो निर्णय गरे।

विशेष अदालतमा नवनियुक्त ६ जना न्यायाधीशले गरे पदबहाली

विशेष अदालतमा तोकिएका नवनियुक्त ६ जना न्यायाधीशले आज पदबहाली गरेका । न्याय परिषद्को यही फागुन ११ गतेको निर्णयानुसार तोकिनुभएका अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, बलभद्र बास्तोला र डा खुशीप्रसाद थारूले  पदबहाली गरेका हुन् ।नवनियुक्त अध्यक्ष पौडेलले विशेष अदालतमा रहेका मुद्दालाई छिटोछरितो र प्रभावकारी रुपले टुङ्ग्याउन आफू र आफ्नो समूह प्रतिबद्ध रहेको उल्लेख गर्दै विशेष अदालत ऐन, २०५९ को मर्म र भावना बमोजिम न्यायिक

बेलायतका लागि नवनियुक्त राजदूत आचार्यद्वारा पदबहाली

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले २२ औँ राजदूतको रूपमा बुधबार दिउँसो लन्डनस्थित नेपाली दूतावासमा आफ्नो पदबहाली गरेका छन् । आचार्य आज बिहान मात्र कतार एयरको उडानमार्फत लन्डन आएका हुन् ।राजदूत आचार्यले आफ्नो भावी कार्य योजनाबारे छलफल गर्ने क्रममा नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने तथा गैर आवासीय नेपाली नागरिकहरूसँगको सहकार्य अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माद्वारा पदबहाली

काठमाडौं : नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई पदबहाली गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिएपछि उनले जंगी अड्डा पुगेर पदबहाली गरेका हुन्। नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन्। प्रधानसेनापति शर्माले जङ्गी अड्डामा…

काठमाडौँका नवनियुक्त सिडिओ रिजालले गरे पदबहाली

काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) गोबिन्द प्रसाद रिजालले पदबहाली गरेका छन् । मंगलबार(हिजो) पत्र बुझेका रिजालले बुधवार दिउँसो जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा पदबहाली गरेका हुन् । ७ वटा जिल्लाको प्रजिअ भई सकेका रिजालले ४६ औँ प्रजिअका रुपमा काठमाडौँको प्रशासनिक कमाण्ड सम्हालेका हुन् । अधिकृत, उपसचिव तथा सहसचिवसम्मै गृह प्रशासनमा काम गरेको अनुभव रिजालसँग छ […]

कुलमानले गरे पदबहाली, हितेन्द्रलाई दिए धन्यवाद

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् ।  बुधबार प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर घिसिङले पदबहाली गरेका हुन् । पदबहाली गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । साथै स्वागत कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई धन्यवाद दिएका थिए ।  घिसिङले बुधबारै नियुक्तिपत्र बुझेका थिए । उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले चार वर्

नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनद्वारा पदबहाली

लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन् । शुक्रबार पदबहाली गर्दै उनले सबैको सहअस्तित्वको सम्मान गर्नुपर्नेमा जोड दिए ।सरकारले गत मंगलबार दुईवटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको थियो । मन्त्रिपरिषद बैठकले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकीका प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्दै लुम्बिनी प्रदेश प्रमुखमा शेरचन, गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।प्रदेश प्रमुखका रुपमा शेरचनको यो दोस्रो जिम्मेवा