काठमाडौं : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पदबहाली गरेका छन्।राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले आज (आइतबार ) दिउँसो मन्त्रालयमा पदबहाली गरेका हुन्। उनले बाल विवाहविरुद्धको रणनीति, २०७२ संशोधन सार्वजनिकीकरण गर्ने र सरोकारवालासँग छलफल चलाउने विषयमा पहिलो निर्णय गरे।