क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राख्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएका थिए । नाबालिग बलात्कारको आरोपमा २२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ ग