गठबन्धनको कार्यदलले भोलि शीर्ष नेतालाई प्रतिवेदन बुझाउने

काठमाडौँ – सत्तारुढ गठबन्धनको सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदल सहमतिनजिक पुगेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको कार्यदलको बैठकमा सिट बाँडफाँडको विषयमा सहमति नजिक पुगेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनले बिहीबार बिहान बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिने र शीर्ष तहमा बुझाउने बताए। सिट संख्या करिब–करिब मिलेको र केही छलफल सकिएपछि औपचारिक जानकारी […]

सम्बन्धित सामग्री

कार्यदलले शीर्ष नेताहरूलाई बुझायो प्रतिवेदन

काठमाडौँ । सरकार सञ्चालनका निम्ति सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले सरकारमा सहभागी दलका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको छ। अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास

कार्यदलले शीर्ष नेताहरूलाई बुझायो प्रतिवेदन

काठमाडौं, २३ पुस। सरकार सञ्चालनका निम्ति सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले सरकारमा सहभागी दलका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको छ। अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले आज (शनिबार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको हो। कार्यदलले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी […]

सिट संख्या नतोकी कार्यदलले बुझायो प्रतिवेदन, भोलि शीर्ष बैठक

२३ भदौ, काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाटसम्बन्धी कार्यदलले सिट संख्याको पूर्ण किटान नगरी आफ्नो प्रतिवेदन शीर्ष तहमा बुझाएको छ । बैठकमा सहभागी एक नेताका अनुसार केही सिटहरुको बारेमा छलफल टुंगोमा पुग्न बाँकी रहे पनि सैद्धान्तिक रुपमा समझदारी भइसकेकाले शीर्ष तहमा नै टुंगिने गरी प्रतिवेदन बुझाइएको हो । कांग्रेस नेता रामचन्द्र पौडेलले शुक्रबार दिउँसो ३ […]

कार्यदलले आफ्नो अपुरो प्रतिवेदन बुझाउने

पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि गठन भएको कार्यदलले आज शीर्ष नेतालाई आफ्नो अपुरो प्रतिवेदन बुझाउने भएको छ । प्रतिवेदन आज एक बजे बुझाउने तयारी थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका शीर्ष नेताहरुलाई २ बजे छलफलका लागि बोलाएपछि प्रतिवेदन बुझाउने समय सरेको हो । जसपाका नेताहरु राष्ट्रपति कार्यालयबाट फर्केपछि प्रतिवेदन बुझाउने बताइएको छ ।कार्यदलमा सबै सिटहरुमा सहमति हुन सकेन । जेजति सहमति भएका छन्, त्यही अनुसार आजै प्रतिवेदन बुझाउन लागेको कार्यदलका एक सदस्यले बताए । प्रतिनिधिसभा

कार्यदलको बैठक बस्दै, आजै प्रतिवेदन शीर्ष नेतालाई बुझाइने

काठमाण्डाै - सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुङ्गो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । सिट बाँडफाँट लगभग टुङ्गिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि सङ्ख्या सार्वजनिक गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार हिजो बेलुकासम्म...

कार्यदलको प्रतिवेदन तयार, बिहीबार शीर्ष नेतालाई बुझाउने

सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलले प्रतिवेदन तयार गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार गरेको हो ।प्रतिवेदनलाई कार्यदलले अन्तिम रूप दिएर भोलि शीर्ष नेताहरूलाई बुझाइने बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सिट बाँडफाँट करिब–करिब टुंगिएको बताउँदै उनले भोलि बिहान ९ बजे कार्यदल बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने बताए । कार्यदलको बैठकबाट प्रतिवे

कार्यदललाई छिट्टै विस्तृत प्रतिवेदन ल्याउन शीर्ष नेताको निर्देशन

सत्ता गठबन्धनका शीर्ष नेताहरुले  प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन कार्यदललाई निर्देशन दिएका छन् ।बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पाँद दलका शीर्ष नेताले कार्यदलका सदस्यलाई उक्त निर्देशन दिएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले रातोपाटीलाई बताए ।उनले भने, ‘गृहकार्य गरेर कार्यदललाई छिट्टै विस्तृत प्रतिवेदन नेतृत्व तहमा बुझाउन निर्देशन भएको छ ।’ त्यसका लागि कार्यदलको बैठक ४ बजे बस्ने उनले बताए । साउन २२ गतेयता कार्यदल

गठबन्धन गर्ने बिषयको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै

नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले गठन गरेको स्थानीय  तह  निर्वाचन परिचालन तथा अनुगमन समितिले पार्टीका  शीर्ष नेतृत्व समक्ष आज प्रतिवेदन बुझाउने  भएको छ  । काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सो समितिले समितिले सबै दलको स्थानीय  तहमा रहेको पछिल्लो  अवस्थाबारे सङ्कलन गरेको विवरणका आधारमा  तयार पारेको सुझावसहितको  प्रतिवेदन सोमबार शीर्ष  नेतृत्वलाई  बुझाउने  भएको हो ।आइतवार पौडेलको अध्यक्षतामा प्रधानमन्त्री  निवास  बाल