कार्यदलको बैठक बस्दै, आजै प्रतिवेदन शीर्ष नेतालाई बुझाइने

काठमाण्डाै - सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुङ्गो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । सिट बाँडफाँट लगभग टुङ्गिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि सङ्ख्या सार्वजनिक गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार हिजो बेलुकासम्म...

सम्बन्धित सामग्री

तालमेल नभएका ठाउँमा पनि साझा उम्मेदवार तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ। सत्ता गठबन्धनको शीर्ष नेता र कार्यदलको बैठक आज बस्दैछ। निर्वाचनमा तालमेल नभएका स्थानीय तहमा साझा उम्मेदवार तय गर्न शीर्ष नेता र कार्यदलका अलग–अलग बैठक बस्न लागेको हो। जुनजुन ठाउँमा तालमेल भएको छैन ती ठाउँमा पनि सहमतिका आधारमा साझा उम्मेदवार तोक्नेबारे छलफल गर्न पाँच दलीय कार्यदलको बैठक बसिरहेको र शीर्ष तहमा पनि छलफल तय भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताए।

तालमेल नभएका ठाउँमा पनि साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनबीच तालमेल नभएका स्थानीय तहमा साझा उम्मेदवार तय गर्न शीर्ष नेता र कार्यदलका अलग अलग बैठक आज बस्ने भएको छ । जुनजुन ठाउँमा तालमेल भएको छैन ती ठाउँमा पनि सहमतिका आधारमा साझा उम्मेदवार तोक्नेबारे छलफल गर्न पाँच दलीय कार्यदलको बैठक बसिरहेको र शीर्ष तहमा पनि छलफल तय भएको नेकपा एसका अध्यक्ष माधव […]