न्यायालय सधैं विवादित, न्यायालयले निष्ठा गुमायो भने तीन करोड जनताको आस्थामा करौंती

मिरा बस्नेत काठमाडौं, कात्तिक ७ । न्यायालय राजहाँस हो । न्यायालयले निष्ठा गुमायो भने तीन करोड जनताको आस्थामा करौंती लाग्छ । राजनीतिक महत्वाकांक्षा र विसंगतिको छिटाले केही वर्षयता कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको शक्ति सन्तुलनमा विभिन्न प्रश्न उठन् थालेका छन् । विवादको शुरुवाता व्यक्तिबाट भएपनि त्यसको प्रभावले संस्थाको साख घट्ने खतरा बढ्दो छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर […]

सम्बन्धित सामग्री

नयाँ शैलीको बैंकिङ ठगी : एसबिआई बैंकले गुमायो डेढ करोड

अन्तर्राष्ट्रिय एटिएम कार्डमार्फत गरिने भुक्तानीमा नयाँ किसिमको बैंकिङ ठगी हुन थालेको छ । म्यानुअल पिओएस मेसिनबाट भएको एक ठगी घटनामा नेपाल एसबिआई बैंकले एक करोड ५८ लाख रुपैयाँ गुमाएको छ । प्रहरीले...

रुपया कमजोरको असर : पाकिस्तानले गुमायो ३ अर्ब ७० करोड डलर विप्रेषण

काठमाडौं । विदेशमा काम गरिरहेका पाकिस्तानी कामदारहरूले पठाउने विप्रेषण घटेको छ । मेमा पाकिस्तानमा जम्मा २ अर्ब १० करोड डलर मात्रै विप्रेषण आएको छ । यो अघिल्लो महीनाको भन्दा ४ प्रतिशत कम भएको पाकिस्तानी केन्द्रीय बैंक ‘स्टेट बैंक अफ पाकिस्तान’ (एसबीपी)को तथ्यांकले देखाएको छ । मेमा भित्रिएको विप्रेषण गएको वर्षको सोही महीनाको भन्दा १० प्रतिशत थोरै भएको बताइएको छ । चालु आर्थिक वर्षको पहिलो ११ महीनामा अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपयाको भाउमा आएको कमीका कारण मात्रै ३ अर्ब ७० करोड डलर बराबरको विप्रेषण खुम्चिएको छ । आर्थिक वर्ष २०२३ को पहिलो ११ महीनामा पाकिस्तानमा कुल २४ अर्ब ८३ करोड १० लाख डलर विप्रेषण आएको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा १२ दशमलव ९८ प्रतिशत कम हो । विप्रेषण घट्न थालेपछि मुद्रा व्यापारीहरूले सरकारलाई बारम्बार ध्यानाकर्षण गराइरहेका छन् । साउदी अरबदेखि संयुक्त अरब इमिरेट्स अनि बेलायतदेखि अमेरिकासम्म अधिकांश मुख्य विप्रेषण बजारबाट पाकिस्तानतर्फको प्रवाह घटेको छ ।  आधिकारिक बजारमा डलरको आपूर्ति सीमित भएकै समयमा डलरको कालोबजारी चर्किएको छ । विप्रेषण पठाउनेहरू पनि कालो बजारतिर आकर्षित हुन थालेपछि वैध च्यानलमार्फत आउने विप्रेषण घटेको छ । यसले डलरको भाउ झनै प्रभावित भइरहेको छ । पाकिस्तानको अन्तर बैंक बजारमा अहिले एक डलर किन्न २८६-२८७ रुपया खर्च गर्नु परिरहेको छ । तर, कालो बजारमा यो दर ३११-३१३ रुपया छ । एजेन्सी

‘जारी’पछि बक्स अफिसले गुमायो लय

काठमाडौं । ‘जारी’पछि नेपाली बक्स अफिस पुनः संकटग्रस्त देखिन थालेको छ । त्यसयता रिलिज भएका स्वदेशी फिल्मले दर्शकलाई हलसम्म तान्न सकिरहेका छैनन् । ‘गार्जियन अफ द ग्यालेक्सी’ र ‘फास्ट एक्स’ले सप्ताहन्तमा दर्शकलाई आकर्षित गरे पनि यी दुईको कमाइ पनि सोचेजस्तो छैन । विडम्बना के छ भने ‘जारी’पछि रिलिज भएका कुनै पनि नेपाली फिल्मले एक करोड […]

शेयर बजार घट्दा तपाईंले कति गुमाउनु भयो ? 'सरकारले एउटै शीर्षकमा गुमायो १३ अर्ब'

काठमाडौं । २०७९ सालमा धितोपत्र बजारबाट सरकारले करीब २ अर्ब ५५ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (cdsc) ले दिएको जानकारीअनुसार २०७८ सालको तुलनामा २०७९ मा Securities market बाट सरकारको आम्दानी साढे ८३ प्रतिशत कम भएको हो ।  सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार २०७८ वैशाख १ देखि चैत ३० गतेसम्म धितोपत्र बजारबाट नाफा गर्ने investor ले सरकारलाई १५ अर्ब ४७ करोड ४५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर बुझाएका थिए । पछिल्लो वर्ष भने धितोपत्र बजारबाट हुने सरकारको आम्दानी १२ अर्ब ९२ करोड ३६ लाख ४४ हजार रुपैयाँले घटेको न्यौपानेको भनाइ छ । २०७९ सालमा बजार घटेसँगै लगानीकर्ताको नाफामा कमी आउँदा सरकारी आम्दानी घटेको न्यौपानेले बताए । २०७८ सालमा धितोपत्रको दोस्रो बजारले ऐतिहासिक कीर्तिमान कायम गरेको थियो । उक्त वर्षको भदौ २ गते नेप्से हालसम्मकै उच्च ३ हजार २०० विन्दुभन्दा माथि पुगेको थियो । २०७८ सालको साउनमा हालसम्मकै बढी पूँजीगत लाभकर संकलन भएको सीडीएससीका प्रवक्ता न्यौपाने बताउँछन् ।  उनका अनुसार २०७८ साउनमा सरकारले ३ अर्ब २४ करोड ६९ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । NEPSE ले कीर्तिमान बनाएको भदौमा भने सरकारले २ अर्ब ६१ करोड ८६ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो ।  प्रस्तुत तथ्यांकलाई आधार मान्दा बजार बढ्दा लगानीकर्तासँगै सरकारले समेत धितोपत्र बजारबाट राम्रो आम्दानी गरेको देखिन्छ । कोभिड–१९ को धेरैजसो व्यावसायिक क्षेत्र प्रभावित बन्दा पनि धितोपत्र बजार सञ्चालनमा थियो । सरकारले अन्य क्षेत्रबाट आम्दानी गर्न नसकेको त्यो समयमा धितोपत्र बजारबाट राम्रो आम्दानी गरेको थियो । बजारका सरोकारवालाले सरकारलाई धितोपत्र बजारको विकास र विस्तार गरी राजस्व बढाउन सुझाव दिएका छन् ।  अनुभवी लगानीकर्ता केशव कोइराला नेपालको धितोपत्र बजारमा तीव्र उतारचढाव हुने हुँदा लगानीकर्ताले सधैं नाफा कमाउने अवस्था नहुने बताउँछन् । लगानीकर्ताले नाफा कमाउँदा मात्र सरकारलाई कर तिर्ने भएकाले उक्त करमा समेत उतारचढाव देखिने कोइरालाको भनाइ छ । उनी बजार घटबढ भइरहनुपर्ने तर्क गर्छन् । बजारमा दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन हुने नीति भए त्यसले सकारात्मक प्रभाव पार्ने विश्लेषण कोइरालाको छ । उनी धितोपत्र बजारका लगानीकर्ताले कम्पनीको वार्षिक प्रतिफल खाने गरी लगानी गरे बजारले सकारात्मक गति लिने विश्वास गर्छन् ।  २०७९ सालमा धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक १९ दशमलव ९१ प्रतिशत घटेको छ । २०७८ चैत ३० गते २ हजार ४१५ दशमलव २५ विन्दुमा रहेको नेप्से २०७९ चैत ३० गते १ हजार ९३४ दशमलव ४८ विन्दुमा झरेको हो ।  २०७९ को कारोबारमा लगानीकर्ताले ६ खर्ब १२ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति गुमाएका छन् । २०७८ चैत ३० गते ३४ खर्ब २६ अर्ब १० करोड ८८ लाख रहेको कुल बजार पूँजीकरण २०७९ चैत ३० गते २८ खर्ब १३ अर्ब ५५ करोड ३७ लाख रुपैयाँमा झरेको हो । घटेको बजारबाट पनि लगानीकर्ताले नाफा गरेर सरकारलाई कर बुझाएको अवस्था २०७९ सालमा समेत देखिएको छ । धितोपत्रको दोस्रो बजारका लगानीकर्ताले नाफामा धितोपत्र विक्री गरेको खण्डमा सरकारलाई बढीमा १० प्रतिशतसम्म Capital gains tax बुझाउनुपर्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले छोटो अवधिको कारोबारमा ७ दशमलव ५ प्रतिशत र लामो अवधिको कारोबारमा ५ प्रतिशत पूँजीगत लाभकर तिर्छन् । धितोपत्रका लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने कानूनी व्यवस्था छ ।

एकै वर्षमा क्यामरुनले भ्रष्टाचारबाट ४४ अर्ब फ्राङ्क गुमायो

काठमाडौँ- पश्चिम अफ्रिकी मुलुक क्यामरुनले गत वर्ष भ्रष्टाचारबाट करिब ४४ अर्ब स्थानीय मुद्रा (एफ सीएफए/एक्सएएफ फ्राङ्क) अर्थात् ७ करोड अमेरिकी डलर गुमाएको त्यहाँको भ्रष्टाचार विरोधी आयोगले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। यो रकम सन् २०२० को तुलनामा २६ अर्ब क्यामरुन फ्राङ्कभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्वास्थ्य, शिक्षा, वित्त, सडक यातायात र प्रादेशिक […]

कोभिडमा होटलले १ अर्ब ८० करोड गुमायो

कोभिड महामारीमा नेपालका होटलले १ अर्ब ८० करोड रुपैयाँ गुमाउनु परेको छ । होटल संघ नेपाल (हान) को शनिबार राजधानीमा आयोजित अर्धवार्षिक साधारणसभामा अध्यक्ष सिर्जना राणाले कोभिडका कारण पर्यटकस्तरीयदेखि ५ तारे होटलसम्मले १ अर्ब ८० करोड रुपैयाँ गुमाउनु परेको बताइन् ।

धाकडले ९२ करोड गुमायो, बच्चन पाण्डेले १२० करोड गुमाउँदै

एजेन्सी, २६ जेठ । बलिउड स्टार अक्षय कुमार र मानुषी छिल्लर स्टारर फिल्म सम्राट पृथ्वीराज ३ जुनमा रिलिज भएको छ । ३ सय करोडको ठूलो बजेटमा निर्माण भएको यो फिल्म अहिलेसम्मको कमाईलाई हेर्दा फिल्म घाटामा जाने देखिएको छ । ३७५० स्क्रिनमा रिलिज भए पनि फिल्मले पहिलो दिन मात्र १० करोड कमाएको थियो । फिल्मले अहिलेसम्म […]

सेवा क्षेत्र : देशले जति कमायो, त्यो भन्दा धेरै गुमायो

भ्रमणबाट प्राप्त हुने आय भन्दा नेपालको व्यय धेरै देखिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब २७ करोड रुपैयाँ रुपैयाँ भ्रमण आयको रुपमा नेपालले आम्दानी गरेको थियो । तर गत वर्ष ७ अर्ब ८४ करोड रुपैयाँ व्ययको रुपमा रकम बाहिरियो ।

८ महिनादेखि काठमाडौं प्लाजा रित्तै, नेपाल ट्रष्टले गुमायो १० करोड

६ मंसिर, काठमाडौं । कमलादीस्थित काठमाडौं प्लाजाको भाडा विवाद नटुंगिँदा नेपाल ट्रष्टले करिब १० करोड रुपैयाँ गुमाएको छ । सर्वोच्च अदालतले समयमै फैसला नगर्दा डेढ वर्षदेखि काठमाडौं प्लाजा भाडामा लाग्न सकेको छैन । अदालतमा पुगेको विवादको छिनोफानो नभएपछि काठमाडौं महानगरपालिकालाई भाडामा दिने सरकारको निर्णय पनि कार्यान्वयन हुन सकेको छैन । यो अलमल भएको १७ महिनाको […]

एउटा चिठीका कारण भोडाफोनले गुमायो ४३ अर्ब २० करोड रुपैयाँ

एजेन्सी।एउटा चिठीका कारण भारतको टेलिकम सेवा कम्पनी भोडाफोन आइडिया लिमिटेडले २७ अर्ब भारतीय रुपैयाँ(४३ अर्ब २० करोड नेपाली रुपैयाँ)गुमाएको छ।अखबार ‘द टेलिग्राफ’ का अनुसार भोडाफोनका अध्यक्ष कुमार मंगलम बिडलाले गत जुनमा मन्त्रिपरिषद्का सचिव राजीव गौबालाई एक पत्र लेखेर कम्पनीको नाममा ऋण बढेका कारण २७.६६ प्रतिशत हिस्सा खरिद गर्न सरकारलाई प्रस्ताव गरेका थिए।सो कुरा ‘लिक’ भएपछि भोडाफोनको शेयर गिरावट भएको हो।