सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिट खारेज गरेको छ । बुधबार न्यायाधीश अनिल सिन्हाको इजलासले नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिट खारेज गरेको हो । संसदका दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपति कहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै पठाएको विधेयकमाथि संसदको दुवै सदनले परिमार्जन नगरि हतार प्रमाणीकरण गर्न पठाएको