संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमलाई तत्काल ई–टिकटिङ लागू गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजना गरिएको मन्त्रालय एवं अन्तर्गतका निकायका प्रमुखहरूसँगको छलफल कार्यक्रममा मन्त्री आलेले नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू विद्युतीय माध्यमबाट प्रदान गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएका हुन् ।
उनले भने, “नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू नागरिकले छिटोछरितो जानकारी लिनका लागि सेवाहरू विद्युतीय माध्यमबाट जानकारी दिनसक्ने ग...