एमसीसी : संसद्मा पेश होला ?

काठमाडौं । दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज (बुधवार)बस्दै छ । बुधवारको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि टेबल हुने सम्भावना बढेको छ । नेपाली कांग्रेसले सदनबाट एमसीसीबारे निकास खोज्नुपर्ने निर्णय गरिसकेको छ र सभामुख अग्निकुमार सापकोटा पनि सदनबाट निकास खोज्नेबारे सकारात्मक बन्दै गएकाले एमसीसी प्रक्रियामा जाने सम्भावना बलियो बनेको हो । संसद्बाट एमसीसी सम्झौता पारित हुन दलीय सहमति भने जुट्न सकेको छैन । नेपाली कांग्रेसले यसलाई अनुमोदन गर्ने निर्णय लिएको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीले ठोस निर्णय लिएका छैनन् । तर, यी दुवै दलले एमसीसीसहितका विषयमा छलफल गर्न बुधवार संसदीय दल बैठक डाकेका छन् । संशोधनविना अनुमोदन गर्न नहुने पक्षमा उभिँदै आएका यी दलहरूले अहिलेकै अवस्थामा एमसीसीलाई अघि बढाए संसद्मा टेबल हुन दिने तर अनुमोदनका पक्षमा मत नदिने सम्भावना बलियो छ । तर, सम्झौता पारित नभए सरकारमाथि नैतिक संकट पर्ने देखिन्छ । नेकपा एमालेले आफ्ना पूर्ववर्ती मागलाई सदनमा जोडतोडले उठाउँदै एमसीसीको प्रक्रियामा भागै नलिने सम्भावना बलियो छ । यो दलले एमसीसीबारे ठोस निर्णय लिएको छैन । एमाले संसदीय दलका सचेतक विशाल भट्टराईले सरकारले एमालेसँग कुनै छलफलै नगरी एमसीसी अघि बढाउन खोजेकाले सदन सुचारु गर्न आफूहरूले सहयोग नगर्ने स्पष्ट पारेका छन् । ‘सदन सुचारु गर्न हाम्रा पूर्ववर्ती माग सम्बोधन भएका छैनन्, सदनमा हाम्रो विरोध रहिरहनेछ, सरकारमा हामी छैनौं, एमसीसीबारे सरकारमा भएका दलले निर्णय लिएको राम्रो,’ उनको भनाइ छ । प्रतिनिधिसभामा एमसीसी पेश हुने विश्वास नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्त गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको मंगलवारको बैठकले समेत एमसीसी संसद्मा पेश गरी अनुमोदनमा जानुपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाले कांग्रेस सरकारमा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्को विचार व्यक्त गर्ने दल नभएको संसदीय दलको बैठकमा बताउँदै कांग्रेस आफ्नो कर्तव्यबाट च्युत नहुने बताउनुभएको महामन्त्री थापाले बताएका छन् । यसैबीच, प्रतिनिधिसभा बैठक बस्नुअघि आज (बुधवार) कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । बुधवार बिहान साढे ११ बजे नयाँ बानेश्वरमा रहेको वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेगरी सभामुख सापकोटाले बैठक आह्वान गरेका छन् । यो बैठकबाट एमसीसीलाई कार्यसूचीमा राखी संसद्मा पेश गर्ने सम्भावना बलियो छ । प्रतिनिधिसभाको बुधवार बस्ने बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी समावेश भने गरिएको छैन । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले निकालेको सम्भावित कार्यसूचीमा एमसीसीबाहेक अन्य दुई विषयलाई राखिएको छ ।

सम्बन्धित सामग्री

एमसीसी छल्दै ‘स्काई चियर’ मा अर्थमन्त्री

काठमाडौं, फागुन १३ । मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई छल्ने क्रम जारी राखेका छन् । गत आइतवार एमसीसी सम्झौता संसद्मा पेश गर्ने बेला बिरामी भएको कारण देखाएका शर्मा बिहीवार संसद् बैठक छल्न पर्वत पुगे । सोही दिन एमसीसीबारे छलफल गर्न संसद् बैठक बोलाइएको थियो । […]

संसदमा आज एमसीसी पेश नगर्न देउवा सहमत, भोलि गठबन्धनको बैठक बस्ने

प्रधानमन्त्री शेरबहादुर देउवा आज संसदमा एमसीसी टेबुल नगर्न सहमत भएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग बालुवाटारमा मध्याह्न भएको छलफलमा प्रधानमन्त्री देउवा आज एमसीसीलाई संसद्मा पेश नगर्न सहमत भएका हुन् । प्रधानमन्त्रीको जोडबलमा जबरजस्ती एमसीसी पेश गरे सरकार छाड्ने निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका थिए । एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन् । माओवादी अध्यक्ष प्रचण्डकी स्वकीय सचि...

माओवादी संसदीय दलको निर्णय : संसद् सुचारु नभएसम्म एमसीसी टेबुल गर्न नदिइने !

अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितिमा संसद्मा पेश गर्न नसकिने निर्णय माओवादीले गरेको छ । सिंहदरबारमा बुधवार बसेको माओवादी संसदीय दलको बैठकले राष्ट्रिय हित विपरीतका प्रावधान कायम राखेर एमसीसी संसदमा पेश गर्न नसकिने निर्णय गरेको हो । 'राष्ट्रिय हितविपरीतका प्रावधान संशोधन नगरी यथास्थितिमा पास गर्न सकिन्न, एमसीसीलाई जबरजस्ती अगाडि बढाए विपक्षमा मतदान गर्ने निर्णय भएको छ,' बैठकबाट बाहिरिने क्रममा माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने । सहमति र संशोधनविना एमसीसी अगाडि बढाए गठबन्धन समेत...

`एमसीसी संसद्मा टेबुल गर्नुको विकल्प छैन`

सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना (एमसीसी) संसद्मा टेबुल गर्नुको विकल्प नरहेको बताएको छ । बिहीबार सानेपामा सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सदस्यहरुको यस्तो धारणा आएको हो ।बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसद्मा पेश भए बहुमतका साथ पारित हुने दाबी गरे । बैठकमा वक्ताहरुले एमसीसीलाई कसरी चाँडै निष्कर्षमा पु¥याएर टुंग्याउने कुरामा […]

सहमति नजुटे पनि एमसीसी संसद्मा पेश गर्ने सरकारको तयारी

काठमाडौँ– सरकारले अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभामा टेबुल गर्ने तयारी थालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (बुधबार) बिहान ११ बजेलाई तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारका तर्फबाट प्रस्ताव राख्न कानूनमन्त्री दिलेन्द्र बडूलाई निर्देशन दिएको स्रोतले बतायो। प्रधानमन्त्री देउवाले अझैपनि गठबन्धन आबद्ध दलहरूसँग सहमतिको अन्तिम प्रयास गर्ने तर […]

एमसीसी संसद्मा छलफल हुनुपर्छ: उपमहासचिव ज्ञवाली

लुम्बिनी । नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे सार्वभौम ससंद्मा छलफल हुनुपर्ने बताएका छन् । उनले एमसीसी सम्झौताबारे जनतालाई यथार्थ जानकारी दिन पनि संसद्मा पेश गरेर छलफल हुनुपर्ने बताए । प्रेस चौतारी रुपन्देहीले बुटवलमा बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले एमसीसीको विषयलाई सभामुखले संसद्मा आउने ढोका बन्द गर्न […]

एमसीसीसंसद्मा पेश गर्न साइत हेर्नुपर्दैन : गृहमन्त्री खाण

गोरखा– गृहमन्त्री बालकृष्ण खाणले एमसीसी प्रस्ताव संसद्मा पेश गर्नका लागि साइत हेरिरहनु नपर्ने बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको साधारणसभा उद्घाटन गर्न शनिवार गोरखा आएका मन्त्री खाणले पत्रकारहरुसँग कुरा गर्दै एमसीसीका बारेमा सत्तागठवन्धनका दलहरुविच साझा धारणा बनाउन पहल भैरहेको पनि जानकारी दिए ।‘नेपालको प्रस्ताव अनुसार यो अनुदान दिने भनिएको हो,’ उनले भने, ‘यहाँको गरिबी […]