प्रधानमन्त्री शेरबहादुर देउवा आज संसदमा एमसीसी टेबुल नगर्न सहमत भएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग बालुवाटारमा मध्याह्न भएको छलफलमा प्रधानमन्त्री देउवा आज एमसीसीलाई संसद्मा पेश नगर्न सहमत भएका हुन् ।
प्रधानमन्त्रीको जोडबलमा जबरजस्ती एमसीसी पेश गरे सरकार छाड्ने निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका थिए ।
एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन् ।
माओवादी अध्यक्ष प्रचण्डकी स्वकीय सचि...