माओवादी संसदीय दलको निर्णय : संसद् सुचारु नभएसम्म एमसीसी टेबुल गर्न नदिइने !

अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितिमा संसद्मा पेश गर्न नसकिने निर्णय माओवादीले गरेको छ । सिंहदरबारमा बुधवार बसेको माओवादी संसदीय दलको बैठकले राष्ट्रिय हित विपरीतका प्रावधान कायम राखेर एमसीसी संसदमा पेश गर्न नसकिने निर्णय गरेको हो । 'राष्ट्रिय हितविपरीतका प्रावधान संशोधन नगरी यथास्थितिमा पास गर्न सकिन्न, एमसीसीलाई जबरजस्ती अगाडि बढाए विपक्षमा मतदान गर्ने निर्णय भएको छ,' बैठकबाट बाहिरिने क्रममा माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने । सहमति र संशोधनविना एमसीसी अगाडि बढाए गठबन्धन समेत...

सम्बन्धित सामग्री

एमसीसीबारे निर्णय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

अमेरिकी अनुदान सहायता एमसीसीलाई संसद्मा अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक आइतबार बस्दै छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् ।तर संसद् सुचारु गरेपछि तथा दलहरुबीच सहमति भएपछि मात्र यसलाई टेबल गर्नुपर्ने अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छन् । अर्को घटक जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने