काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बहुमत सांसदको हस्ताक्षर संकलन भएको दाबी गरेका छन् ।
उनले सर्वोच्च अदालतमा लैजाने रिटमा संसद्को बहुमत सांसदको हस्ताक्षर भएको दाबी गरे ।
“आज रिट तयार भएको छ, बहुमत सांसदको हस्ताक्षर पनि संकलन भएको छ,” पुनले भने, “भोलि रिट दायर हुन्छ ।”