भैंसी, बाख्रा, कुखुरा र माछा पालनका लागि अनुदान दिइने

सुर्खेत । भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको पशुपन्छी विकास निर्देशनालय सुर्खेतले विभिन्न २४ समूह, सहकारी तथा फार्महरुलाई अर्गानिक पशुपालनका लागि अनुदान दिने भएको छ । निर्देशनालयले माछापालन गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदान दिने भएको छ । जसमा मगुर जातको माछा पालन गर्न नपाईने भएको छ । सरकारले नै सो जातको माछा पालनामा प्रतिवन्ध […]

सम्बन्धित सामग्री

नेपाली खानालाई विश्वस्तरमा पुर्‍याउने अजय तामाङको सपना (भिडियोसहित)

ससुराली सेटमा माछा, कुखुरा र खसीको मासु र डेजर्टका रूपमा खिर समावेश छन् ।

अमेरिकामा सन् २०२० पछि पहिलो पटक किराना सामानको मूल्य सहज

अमेरिकामा किराना सामानको मूल्य अन्ततः मार्चमा केही घटेको छ । यो सन् २०२० को सेप्टेम्बरपछि पहिलो पटक आएको गिरावट भएको श्रम तथ्याङ्क ब्यूरोद्वारा बुधबार जारी तथ्याङ्कमा उल्लेख छ । छ वटा प्रमुख किराना खाद्य समूह सूचकांकहरू मध्ये तीन फेब्रुअरीदेखि मार्चसम्म घटेको हो । मासु, कुखुरा, माछा र अण्डा सूचकांक १ दशमलव ४ प्रतिशत घटेको हो […]

बगरमा माछा पालन

डँडेलधुरा । २०६३ सालमा डँडेलधुरास्थित रंगुन खोलामा ठूलो बाढी आयो । बाढीले परशुरामको जोगबुढा लगायत नदी तटीय क्षेत्र आसपासको खेतीयोग्य अधिकांश जमीन बगरमा परिणत भयो । परशुराम नगरपालिका–३ ठण्डजालाका स्थानीय कृष्णबहादुर साउदको जमीन बाढीले बगरमा परिणत भएपछि वर्षौंदेखि उपयोगमा आएको थिएन । तर अहिले भने साउदले बगरमै माछा पालन शुरू गरेका छन् । उनले गतवर्षबाट पोखरी निर्माण गरी मत्स्य  व्यवसाय शुरू गरेका हुन् । ‘लामो समयदेखि भारतमै काम गर्दै आएको थिएँ,’ उनले भने, ‘कोराना महामारीले जागीर छुटेपछि घर फर्किएको हुँ । जमीन बाढीले बगर बनाइदिएपछि जीविकोपार्जनका लागि भारतमै भर पर्नुपर्ने अवस्था थियो, अहिले बगरमै माछा पालन शुरू गरेको छु ।’ प्रतिपोखरी आठ सय भुरा हालेर छ ओटा पोखरीमा साउदले माछा पालन गरिरहेका छन् । नगरपालिका र दातृ निकायबाट पोखरी निर्माण र भुरा सहयोग पाएपछि माछा पालन शुरू गरेको साउदले बताए । निड्स नेपालले विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभका लागि समुदायको सबलीकरण (स्कोप आर थ्री) परियोजनामार्फत परशुरामका किसानले कृषि, मत्स्य र कुखुरा पालनमा सहयोग पाएका छन् ।   परशुराम नगरपालिकाले पोखरी निर्माण र निड्स नेपालले भुरासहित प्राविधिक सहयोग गरेपछि स्थानीयले व्यावसायिक रूपमा मत्स्यपालन शुरू गरेका हुन् । अहिले यहाँका नौ परिवार व्यावसायिक मत्स्यपालन व्यवसायमा जोडिएका छन् । उनीहरूले खोला बगरको सिमसार क्षेत्रलाई जीविकोपार्जनको माध्यम बनाएका छन् । ‘बाढीले खेत बगाएपछि खेत बगरमा परिणत भएको थियो, बगरको लालपुर्जा भए पनि उब्जनी थिएन् ।’ ठण्डजालाका मत्स्य  पालनमा लागेका अर्का किसान दिपकबहादुर साउदले भने ‘परियोजना र नगरपालिकाले सहयोग गरेपछि बगरमै माछा पालन शुरू गरेका छौं । अहिले गाउँमै माछा विक्री भइरहेको छ ।’ प्रतिकेजी चारदेखि साढे चार सय रुपैयाँमा माछा पोखरीबाटै विक्री हुने गरेको उनको भनाइ छ । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बगरलाई सदुपयोग गरी स्थानीयलाई उद्यमी बनाउन कार्यक्रम शुरू गरिएको बताए । उनका अनुसार नदी प्रभावित विपन्न क्षेत्र स्थानीयको जीविकोपार्जनमा परियोजनाले सहयोग गरेको छ । परशुराममा मत्स्य  व्यवसाय फष्टाउन सके यहाँको उत्पादन स्थानीय बजार जोगबुढादेखि धनगढी र महेन्द्रनगरसम्म खपत हुने किसानको आशा छ ।

कृषि अर्थतन्त्रमाथिको दुर्दशा

नेपाल एक कृषिप्रधान मुलुक हो । यहाँ ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर छन् । जग्गाजमिन खनजोत गरी बालीनाली लगाउनु कृषि हो । बाली सपार्न, उत्पादन बढाउन र दैनिक उपयोग गर्नका लागि गरिने गाईभैंसी, बाख्राभेडा, बंगुर–कुखुरा, माछा आदि पालनलाई समेत कृषिमा समेटिएको छ । कृषि मानिसको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा सरोकार राख्ने क्रियाकलाप हो । […]

कृषि फर्मको माछा पोखरीमा विष, माछा मरे

झापाको कचनकवल गाउँपालिका–३ स्थित एक माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेका छन् । यहाँस्थित सक्षम युवा कृषि फर्मको माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेको कृषि र्फमका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिए । “चार दिनयता माछा मरिरहेका छन्”, गौतमले भने, “कुखुराको आन्द्रा भुँडीमा विष हालेर पोखरीमा हालिएको भेटियो, मरेका माछाले कुखुराको भुँडी खाएको भेटियो ।” गत सोमबारदेखि माछा मर्न थालेको उनको भनाइ छ । करिब आधा किलो तौल भएको माछा उनल

एकीकृत कृषि फार्ममा रमाउँदै पौरखी युवा

२१ असोज, गोरखा । दश वटा पोखरीमा ग्रासकार्प, रहु, नैनी र माउर जातका माछा पालिएको छ । पोखरीको डिलमा केरा खेती । तीनवटा खोरमा ब्रोइलर कुखुरा । नजिकै बंगुर र सुँगुर पालन। जिल्लाको शहीद लखन गाउँपालिका–३ कल्लेरीफाँटमा यसरी एकै ठाउँमा धेरै कृषि व्यवसाय सञ्चालन गरिएको छ । केही वर्ष अघिसम्म बाँझै रहेको यो फाँट वनमासा […]

रोकिएन कुखुरा र माछाको तस्करी

भारतबाट अवैध रुपमा कुखुरा र माछाको तस्करी हुँदा बाँकेका व्यवसायी मारमा परेका छन् । नेपाल–भारत सीमाको मुख्य नाका जमुनाह हुँदै भारतबाट खुलारुपमा कुखुरा, अण्डा र माछा तस्करी हुँदै आएको छ । नेपाली बजारका तुलनामा भारतमा कुखुरा, अण्डा र माछाको मूल्य कम भएकाले नाफा कमाउन तस्करी हुँदै आएको कुखुरा व्यवसायी सङ्घका जिल्ला अध्यक्ष लालबहादुर खत्रीले बताउनुभयो । व्यापारीले चोरीको बाटो प्रयोग गर्दै तस्करी गर्ने गरेका छन् । नेपालगञ्ज, खजुरा तथा कोहलपुरमा भारतबाट तस्करी गरी ल्याइएको कुखुरा र माछा बिक्रीवितरण भइरहेको छ । जानकी गाउँपालिका–१, साइगाउँ र खजुरा गाउँपालिका–१, राधापुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा, चल्ला र माछा तस्करी हुनेगरेको पाइएको छ । यसरी तस्करी गरिएको कुुखुरा र माछालाई नेपाली उत्पादन भन्दै बिक्री भइरहेको खजुरा –२, सीतापुरका कुखुरा व्यवसायी लक्ष्मीबहादुर थापाले बताउनुभयो । ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिक रुपमा ठूलो मात्रामा भारतीय कुखुरा र माछा नेपाल ल्याउन नरोकिएपछि आफ्नो व्यवसाय धरापमा परेको उहाँको भनाइ छ । बाँके र बर्दियाका विभिन्न नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली किसान समस्यामा परेका छन् ।

१७ करोडमा खुल्यो आहारा उद्योग, थप २० करोड लगानी गर्ने

धरान ८ तीनकुनेस्थित आद्यौगिक क्षेत्र हाताभित्र खुलेको ब्राइट फिड प्रालिको शनिबार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरेका छन्। यो उद्योगले कुखुरा, वंगुर, माछा, गाई, भैसीलगायत पशुपंक्षीलाई आवश्यक पर्ने गुणस्तरीय एवं सन्तुलित आहार उत्पादन गर्ने ज...

४५ हजार मूल्य बराबरको माछा र कुखुरा बरामद गरी नष्ट

कञ्चनपुर : बेवारिसे अवस्थामा भेटिएका माछा, कुखुरा र पेय पदार्थ कञ्चनपुरमा नष्ट गरिएको छ । आइतबार बिहान खटिएको प्रहरी टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका ४ शान्तिपुरबाट बरामद गरी माछा, बोइलर कुखुरा र अखाद्य पेय पदार्थ नष्ट गरिएको हो । झण्डै ४५ हजार मूल्य बराबरको माछा, बोइलर कुखुरा र अखाद्य पेय पदार्थ फेला पारी कानुन …

४५ हजार मूल्य बराबरको माछा र कुखुरा बरामद गरी नष्ट

कञ्चनपुर : बेवारिसे अवस्थामा भेटिएका माछा, कुखुरा र पेय पदार्थ कञ्चनपुरमा नष्ट गरिएको छ । आइतबार बिहान खटिएको प्रहरी टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका ४ शान्तिपुरबाट बरामद गरी माछा, बोइलर कुखुरा र अखाद्य पेय पदार्थ नष्ट गरिएको हो । झण्डै ४५ हजार मूल्य बराबरको माछा, बोइलर कुखुरा र अखाद्य पेय पदार्थ फेला पारी कानुन …