गैँडाको मृत्यु दर घटाउन र चितवन राष्ट्रिय निकुञ्जबाट गैरकानुनी तरिकाले हुने अङ्ग–प्रत्यङ्गको ओसारपसार तथा खरिदबिक्रीलाई अन्त्य गर्न वन तथा वातावरण मन्त्रालयले विज्ञहरुको एउटा टोली गठन गरेको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको अध्यक्षतामा गठन भएको टोलीमा नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी मिलनध्वज खाण, नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक वीरेन्द्र जोहारी, विज्ञ डा.शान्तराज ज्ञवाली