गरिमा विकास बैंकको १५औं साधारण सभा चैत १८ गते, १६% लाभांशको प्रस्ताव

फागुन २६, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा चैत १८ गते हुने भएको छ । सभा होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा बिहान १०:३० बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।  सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई १६ बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस शेयर वितरण पश्चात कायम हुने कुल चुक्तापूँजीको ५१ प्रतिशत संस्थापक शेयर कायम हुने गरी अपुग १ लाख ९ हजार ८११ कित्ता संस्थापक शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यस्तै, सभाले कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्नु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा र लाभांश प्रयोजनका चैत ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत २ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सम्बन्धित सामग्री

गरिमा विकास बैंकसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सुपरमादी हाइड्रोपावर, गरिमा विकास बैंक, छिमेक लघुवित्त वित्तीय संस्था, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र रु रु जलविद्युत परियोजनाले भोलि (पुस १७ गते) बुक क्लोज गर्दैछन् ।  सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई करबाहेक २ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौंमा १३ औं र १४ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । त्यस्तै गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको गरिमा विकास बैंकले पुस २९ गते होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा १७ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । छिमेक लघुवित्तले पुस २९ गते होटल सामना प्रालिको सभाहल, मकवानपुर, हेटौंडामा २२ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी, लुम्बिनी विकास बैंकले पुस २६ गते अमृतभोग, कालिकास्थान, काठमाडौंमा १६ औं वार्षिक साधारण सभा आयोजना गरेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र करसहित ४ दशमलव ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पुस २६ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । रु रु जलविद्युत परियोजना लिमिटेडले हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २५ गते साधारण सभा बोलाएको हो । कम्पनीको सो सभा लिसरा रेसेप्सन, नक्साल, काठमाडौंमा बिहान साढे १० बजे शुरु हुनेछ । सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

सात विकास बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ विकास बैंकमध्ये हालसम्ममा सात विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेका हुन् । त्यस्तै ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् ।   लाभांश घोषणा गरेका अधिकांश विकास बैंकले बोनस शेयरलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० दशलमव २ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत गरेर कुल १० दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश साधारण सभाबाट पारित भइसकेको छ ।  त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश मङ्सिर २४ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको छ । त्यसैगरी मुक्तिनाथ विकास बैंकले ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  मितेरी डेभलपमेन्ट बैंकले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ९ दशलमव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५० प्रतिशत कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ गते साधारण सभा बोलाएको छ । लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ ।  गरिमा विकास बैंकले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । महालक्ष्मी विकास बैंकले भने ६ दशलमव ४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  कुन बैंकको कति ?

लाभांश पारितका लागि गरिमा विकास बैंकले पुस २९ मा बोलायो साधारण सभा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा पुस २९ गते आयोजना गरेको छ । पुस ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा उक्त दिन बिहान ११ बजे साधारण सभा शुरु हुने जानकारी दिएको हो । सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यस्तै सभाले १० दशलमव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यस्तै सभाले यस बैंक र अन्य इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्था खोज्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

बोनस शेयरमा लाग्ने कर जम्मा गर्न गरिमा विकास बैंकको आग्रह

जेठ १२, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १६ प्रतिशत बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।  कम्पनीले बिहीवार सूचना जारी गर्दै साविक सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार गरे पश्चात् शेयर खरीद गरेका सदस्यहरुले कर बापतको रकम बुझाउनुपर्ने जानकारी गराएको हो ।  यी दुई कम्पनीबीच प्राप्ति प्रक्रिया पूरा भई २०७८ साल कात्तिक २८ गतेदेखि एकीकृत कारोबार शुरु भएको हो । एकीकृत कारोबारपश्चात् कायम शेयरधनीहरुले बोनस शेयरमा लाग्ने कर बापतको रकम गरिमा विकास बैंक लिमिटेडको लाजिम्पाट, काठमाडौंमा एनआईबिएल एस क्यापिटल जिबिबिएल बोनस ट्याक्स २०७७/७८ नाममा रहेको खाता नम्बर ०४०००१०१०१३८९३०००००१ मा जम्मा गर्न कम्पनीले भनेको छ ।  कम्पनीले यस वर्षको १६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव चैत १८ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । सहारा विकास बैंकलाई प्राप्ति गरेपछि कायम चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाखको आधारमा कम्पनीले उक्त बोनस शेयर वितरण गर्न लागेको हो । कम्पनीले यस वर्ष गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष यस बैंकले कुल १४ दशमलव २१ प्रतिशत लाभांश वितरण गरेको थियो ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले २०७८ साल चैत ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ३ गते फागुपूर्णिमा सार्वजनिक बिदा परेकाले चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

फागुन २, काठमाडौं । गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ ।  गरिमा विकास बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत ४ गतेदेखि १८ गतेसम्म र एनएलजी इन्स्योरेन्सले चैत ६ गते बुक क्लोज गर्ने भएकाले बुधवारसम्म कायम शेयरधनीले दुवै कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  गरिमा विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले १५ औं वार्षिक साधारण सभा आगामी चैत १८ गते बोलाएको छ ।  कम्पनीले सभा कास्की  जिल्लाको पोखरास्थित होटल पोखरा ग्राण्ड बिरौटामा बिहान १०:३० बजे शुरु हुने जानकारी दिएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सले आव २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत १७ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट, थिरबम सडक बालुवाटारमा हुने कम्पनीले जानकारी दिएको छ ।

८ ओटा विकास बैंकले घोषणा गरे लाभांश : सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको

पुस १६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १६ ओटा विकास बैंक मध्ये ८ ओटा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  ८ ओटै विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश वितरण गर्ने प्रस्ताव गरेका ८ ओटा कम्पनीमध्ये ५ ओटा कम्पनीले साधारण सभा सम्पन्न गरिसकेका छन् ।  कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेण्ट बैंक, लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले साधारण सभा सम्पन्न गरिसकेका छन् । साधारण सभा सम्पन्न गरेका ५ ओटा कम्पनीमध्ये सांग्रिला डेभलपमेण्ट बैंकले बोनस शेयर सूचीकृत गराइसकेको छ भने बाँकी कम्पनीको सूचीकरण हुने प्रक्रियामा रहेको छ ।  साधारण सभा गर्न बाँकी तीन ओटा कम्पनीमध्ये ज्योति विकास बैंकले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले ११ प्रतिशत बोनस शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गतेदेखि २३ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, महालक्ष्मी विकास बैंकले लाभांश पारितका लागि पुस २५ गते साधारण सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, टुडिखेलमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, मितेरी डेभलपमेण्ट बैंकले लाभांश पारितका लागि पुस २८ गते साधारण सभा बोलाएको हो । सभा सुनसरी उद्योग वाणिज्य संघ, सुनसरीमा बिहान ११ बजे शुरु हुने जानकारी दिइएको छ । सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशलमव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, नारायणी डेभलपमेण्ट बैंक र कर्पोरेट डेभलपमेण्ट बैंकले भने गत आवको मुनाफबाट शेयरधनीलाई भने कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् । नारायणी डेभलपमेण्ट बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ । सभाले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव र आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।  त्यसैगरी कर्पोरेट डेभलपमेण्ट बैंकले पुस ३० गते साधारण सभा गर्ने जानकारी गराएको हो । सभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी अझै ६ ओटा कम्पनी रहेका छन् । एक्सेल डेभलपमेण्ट बैंक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेण्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेण्ट बैंक र सप्तकोशी डेभलमेन्ट बैंक रहेका छन् ।  हालसम्ममा लाभांश प्रस्ताव गरेका ८ ओटा कम्पनी मध्ये सबैभन्दा बढी महालक्ष्मी विकास बैंकले कुल २१ दशलमव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले २० प्रतिशत बोनस शेयर १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  तलको टेबलमा अघिल्लो आवको लाभांश पनि राखिएको छ । यस आधारमा मितेरी डेभलपमेण्ट बैंक बाहेक बाँकी कम्पनीले अघिल्लो आवको भन्दा गत आवमा लाभांश दर बढाएका छन् । मितेरी डेभलपमेण्ट बैंकले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरको थियो ।                                                                              स्रोत : कम्पनीद्वारा प्रकाशित सूचना

साहारा र गरिमा बैंकको एकिकृत कारोबार कात्तिक २८ गतेदेखि शुरु हुने

काठमाडौं, १४ कात्तिक । गरिमा विकास बैंक र साहारा विकास बैंक लिमिटेडको एकिकृत कारोबार कात्तिक २८ गतेदेखि सुरु हुने भएको छ । गरिमा विकास बैंकले भदौ १५ र साहारा विकास बैंकको भदौ १२ गते बसेको साधारण सभा मार्फत दुवै कम्पनीेले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी […]

साहारा विकास बैंकको संयुक्त साधारण सभा शनिवार हुँदै

भदौ ११, काठमाडौं । साहारा विकास बैंकले तीन ओटा आवको संयुक्त साधारण सभा शनिवार गर्ने भएको छ ।  कम्पनीले आठौं नवौ र दशौं वार्षिक साधारण सभा बिहान १०:३० बजे होटल कुसुम एण्ड पार्टी प्यालेस मलंगवा सर्लाहीमा शुरु गर्ने जानकारी गराएको हो ।  सभाले यस बैंकलाई गरिमा विकास बैंकले प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । प्राप्तिपछि गरिमा विकास बैंक लिमिटेडको नामबाट वित्तीय कारोबार गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  प्राप्ति प्रयोजनको लागि सम्पन्न सम्झौतापत्र, सहमतिपत्र, संयुक्त प्राप्ति समिति गठन एवम् सयुक्त प्राप्ति समितिलाई आवश्यक कार्य गर्न सक्ने अख्तियारी प्रत्योजन गर्ने लगायतका प्राप्ति सम्बन्धी सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै, सभाले तीन ओटा आव २०७४/७५, आव २०७५/७६ र आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस्तै आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने  प्रस्ताव पनि पारित गर्नेछ ।  त्यस्तै, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट तीन जना र सर्वसाधारणको शेयरधनीको तर्फबाट तीन सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।