काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आउँदाे संसदीय चुनावमा तीन सिट ल्याएर देखाउन चुनौती दिनुभएको छ । अध्यक्ष ओलीले पार्टी एकीकरणका बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दुरुपयाेग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । आज शुक्रवार काठमाण्डाैमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको चौथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले माधव नेपाललाई आउँदाे संसदीय चुनावमा तीन सिट ल्याएर देख...