मकवानपुर – नागरिकले तिरेको करबापतको सरकारी रकममा कर्मचारीले आफूखुसी मनलाग्दी ढङ्गले खर्च गरेको पाइएको छ । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका १३ वटा सरकारी कार्यालयले कार्यालयको विविध खर्चमा मात्र १० करोड ९८ लाख ४२ हजार रुपैयाँ खर्च गरेको भेटिएको छ ।महालेखा परीक्षकको कार्यालयले गएकाे बुधवार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा १३ वटा सरकारी कार्यालयले गरेको विविध खालका खर्चमा प्रश्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका सरकारी कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा यतिका धेरै रकम नियमस...