मकवानपुर - बाग्मती प्रदेश सभाकाे सभामुख पदका लागि नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने भएकाे छ । सत्ता गठबन्धनको स्पष्ट बहुमत भए पनि कांग्रेसले सभामुखमा सांसद शिवराज अधिकारीकाे उम्मेदवारी दिने भएकाे हाे ।
धादिङका अधिकारी समानुपातिकका तर्फबाट बाग्मती प्रदेश सभामा निर्वाचित हुनुभएकाे हाे। उहाँलाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले जानकारी दिनुभयाे । बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई ७० जना सांसदहरुले समर्थन गरेका थिए । एक सय १० जना सांसद रहेक...