कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर त्रास बढाइरहेका वेला नेपाल पनि अछुतो छैन । रसुवामा शून्यमा झरेको कोरोना संक्रमण पुनः उकालो लागिरहेको छ । रसुवामा १९ देखि २६ पुससम्म कोरोनाका...
कुशे गाउँपालिका–९ चौराटाका हरिभक्त सुनार बिरामी परेको एक साता बितेको छ । उनलाई ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको छ । गाउँकै पम्फे विक पनि ज्वरोले थलिएका छन् । तर उनीहरुको कोरोना परीक्षण अझै हुन सकेको छैन ।
घरैपिच्छे ज्वरो फैलिएको पर्साको जगरनाथपुर गाउँपालिकामा मंगलबारदेखि कोरोना परीक्षण थालिएको छ । पछिल्लो १० दिनमा ११ जनाको मृत्यु र सयौँभन्दा बढी ज्वरोका बिरामी देखिएकाले गाउँपालिकाको स्वास्थ्य शाखाले सोमबार जिल्ला प्रशासन कार्यालय, नारायणी अस्पताल र स्वास्थ्य कार्यालयलाई पत्राचार गरी विज्ञ टोली पठाउन अनुरोध गरेको थियो ।