जगरनाथपुरको एउटै वडाका १ सय ७३ जनामा ज्वरो [फलोअप]

घरैपिच्छे ज्वरो फैलिएको पर्साको जगरनाथपुर गाउँपालिकामा मंगलबारदेखि कोरोना परीक्षण थालिएको छ । पछिल्लो १० दिनमा ११ जनाको मृत्यु र सयौँभन्दा बढी ज्वरोका बिरामी देखिएकाले गाउँपालिकाको स्वास्थ्य शाखाले सोमबार जिल्ला प्रशासन कार्यालय, नारायणी अस्पताल र स्वास्थ्य कार्यालयलाई पत्राचार गरी विज्ञ टोली पठाउन अनुरोध गरेको थियो ।