मठमन्दिरमा बलि चढाएर अष्टमी मनाइयो

सिमकोट – परम्परादेखि मनाउँदै आएका मठ मन्दिरमा हिन्दु धर्मालम्वीहरुले खसीको बलि चढाएर अष्टमी मनाएका छन्। हुम्लामा विशेष गरी भवानी देवताको पूजापाठ गर्दै धामी नाचेर मनाउने गरिन्छ। सिमकोट गाउँपालिका– ५ र ६ मा आज विशेष गरी दुर्गा भवानीको मन्दिरमा धामी नाचेर र खसीको बलि दिई मनाइएको छ। सो क्रममा देवी देवताको पूजापाठ पनि गरिएको छ। यसरी […]

सम्बन्धित सामग्री

मनाइयो भैरव कुमारी जात्रा

दोलखामा भैरव कुमारी जात्रा मनाइएको छ । सांस्कृतिक परम्परा अनुसार भाद्र कृष्ण पक्ष द्वितीयादेखि षष्ठीसम्म पाँच रात मनाउने चलन रहेको छ । भैरव कुमारी जात्रामा भीमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर तलेजु भवानी मन्दिरअगाडि घण्टाकर्णको स्वरूप बनाइन्छ । बाजागाजासहित देवी भगवतीको बलि पूजा गरिन्छ । घण्टाकर्णलाई देवी भगवतीको प्रसाद चढाएर दही चिउरा खुवाई खुकुरीले प्रहार गरी मारेर दोलखा सहरभन्दा केही पश्चिमतिरको खोल्सामा फ्याँकिन्छ । त्यसरी घण्टाकर्ण फ्याक्न लैजाँदा बाजागाजासहित लगिन्छ ।

भक्तपुरको थिमिमा खाँः अर्थात् कुभिण्डेजात्रा मनाइयो

भक्तपुर – मध्यपुर थिमि बालकुमारीमा कुभिण्डेजात्रा मनाइएको छ । नेवार भाषामा खाँः भनेर चिनिने यस जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखेर शुरु भएको थियो । कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजू दशैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ । नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो । आज ...

थिमिमा कुभिण्डेजात्रा मनाइयो

भक्तपुर : मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा आज मनाइएको छ। नेवार भाषामा खाँ: भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखेर सुरुभएको थियो।कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दशैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालक

महिला, अर्थतन्त्र र विकास : महिलालाई सशक्त बनाउन सकारात्मक विभेदीकरण

पर्सी अर्थात् मार्च ८ तारीख (फागुन २४ गते बुधवार) का दिन विश्वभर महिला दिवस मनाइँदै छ । अन्तरराष्ट्रिय नारी दिवसको लामो इतिहास छ र यसले महिलाले भोगेका भेदभाव र दुःखको स्मरण गराउँछ । अमेरिकामा सन् १९०८ मा महिला समानताका लागि भएको महिलावादी आन्दोलनको सम्झनामा सन् १९११ देखि अन्तरराष्ट्रिय महिला दिवस मनाउने गरिएको हो । यसमा अमेरिकाको समाजवादी पार्टीको अगुवाइ रहेको पाइन्छ । उक्त आन्दोलनमा १५ हजार महिलाले आफूहरूमाथि भएको काम गर्ने समय, ज्यालादर र मतदानमा रहेका असमानता हटाउनुपर्ने मागसहित र्‍याली निकालेका थिए । यो दिवस सन् १९११ मा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्वीट्जरल्यान्डमा मनाइएको थियो । नेपालमा महिलाहरूको वित्तीय स्रोत तथा सम्पत्तिमा स्वामित्व बढेको छ । शिक्षामा पहुँच बढेसँगै औपचारिक क्षेत्रबाट आय आर्जन गर्ने महिलाहरूको संख्या पनि बढेको छ । करीब ६५ वर्षपछि र संयुक्त राष्ट्रसंघको स्थापना भएको ३० वर्षभित्र मात्र यस दिवसलाई संयुक्त राष्ट्रसंघले सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो । त्यसो त मतदानलगायत अधिकार पनि महिलाले विश्वभर नै ढिलो गरी प्राप्त गरेका हुन् । पहिलोपटक सन् १९११ मा दिवस मनाएको १०० वर्ष पछि सन् २०११ मा नारी दिवसको शतक उत्सव मनाइयो । यस वर्ष सन् २०२३ मा ११२औं अन्तरराष्ट्रिय महिला दिवस मनाइँदै छ । यसले महिला, अर्थतन्त्र र विकासलाई विगत, वर्तमान र भविष्यसँग जोड्नुपर्छ । दिवसको सार्थकता यसैमा रहन्छ । पूर्वीय हिन्दू धार्मिक र आध्यात्मिक दर्शनमा महिलाको स्थान अति नै उच्च रहेको पाइन्छ । उनीहरूलाई शक्तिको प्रतीकका रूपमा पूजा नै गर्ने गरिन्छ । नवरात्रमा दुर्गाका शक्तिपीठहरूमा गरिने आराधना, पूजापाठ र बलि दिने काम यसैका उदाहरण हुन् । संस्कृतमा ‘यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता’ नै भनिएको छ । यसबाट देवतालाई खुशी बनाउन पनि नारीको पूजा गर्नुपर्ने हिन्दू शास्त्रीय मान्यता रहेको स्पष्ट हुन्छ । हिन्दूहरूका त्रिदेव ब्रह्मा, विष्णु र महेश्वरले आफ्ना पत्नीहरूलाई प्रदान गरेको स्थान र उनीहरूसँग गर्ने व्यवहार नै हाम्रा लागि महिलाप्रति गरिने समग्र व्यवहारको गतिलो मानक बन्न सक्छ । त्रिदेवको व्यवहारमा महिलालाई सम्मान र उनीहरूको योगदानको कदरको बेजोड मिलन पाइन्छ । भेदभाव, असमानता र हिंसाको कुनै गुञ्जायस देखिँदैन । ईश्वरीय शासनमा महिलाको भूमिका प्रभावकारी देखिन्छ । देवताहरूले पनि आफ्ना पत्नीहरूको सल्लाह लिने गरेको पाइन्छ । आध्यात्मिक रूपले महिला र पुरुष दुवैलाई आत्माको स्वरूपमा समान हैसियत प्रदान गरिएको छ । महिलाका बारेमा मनुवादको आलोचना गरिए तापनि वास्तवमा मनुवादको अपव्याख्या पनि गरिएको छ । वैदिक युगबाट पुराण युगमा आउँदासम्म वैदिक ज्ञानको व्याख्यामा कमजोरी भएका छन् । पूर्वीय हिन्दू धार्मिक र आध्यात्मिक दर्शनको मौलिक स्वरूपमा महिलालाई सम्मान गरिएको र यसका लागि मार्गदर्शन पनि गरिएको छ । यी मार्गदर्शनलाई आत्मसात् गरी सबै प्रकारका महिला विरुद्धका सबै भेदभाव र हिंसालाई अन्त्य गरेर महिलालाई सम्मान र उनीहरूले परिवार, समाज र राष्ट्रको लागि गरेको योगदानलाई व्यावहारिक रूपले कदर गर्ने व्यवस्था सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । देशको अर्थतन्त्र र विकासका लागि यसको अन्य विकल्प पनि छैन । देशको अर्थतन्त्र निर्माणमा महिलाको ठूलो योगदान रहेको छ । गृहिणीको रूपमा उनीहरूले गर्ने परिवारको लालन–पालनसम्बन्धी कामलाई देशको उत्पादनमा गणना नगरिने गरिएको भए तापनि यस्तो कामविना परिवार, समाज र समग्र अर्थतन्त्र नै चलायमान हुन सक्दैन । छोराछोरी जन्माउने, हुर्काउने, संस्कारी बनाउने, वृद्ध सदस्यहरूको हेरचाह गर्ने काम अमूल्य छ । कृषिमा अहोरात्र खट्ने पनि महिला नै हुन् । तथ्याङ्कशास्त्र र अर्थशास्त्रले यसको मूल्यलाई गणना नगरेको मात्र हो । प्रायः सबै घरमा महिला नै बिहान सबभन्दा पहिला उठ्छन् र राति सबभन्दा ढिलो सुत्छन् । प्रतिदिन उनीहरूको कार्यघण्टा १५–२० घण्टासम्म हुने गरेको छ । परिवारका सबै सदस्य महिलामाथि नै निर्भर हुन्छन् । उनीहरू नहुँदा घर शून्य हुन्छ । सबैले गर्ने कामको जगमा महिला नै हुने गरेका छन् । पुरुषहरूले महिलाको यस प्रकारको काम र योगदानको सम्मान गर्न कन्जुस्याइँ गर्नु हुँदैन र धेरै हदसम्म भएको पनि देखिन्छ । महिला विकास, विकासमा महिला र महिला सशक्तीकरण समकालीन विश्वमा जोडदार तरीकाले चर्चामा रहेका विषय हुन् । यसले विकासलाई लैङ्गिक कोणबाट हेर्ने सोचको विकास हुँदै गएको पाइन्छ । यो आधा जनसंख्यालाई गरिने न्याय नै हो, विकासको आधा अंशलाई उठाउनु हो । यसै तथ्यलाई मनन गरेर नेपाल सरकारले महिला सशक्तीकरणलाई संवैधानिक, कानूनी र योजनाबद्ध तवरले अगाडि बढाएको पाइन्छ । संविधानबाटै महिलामैत्री समावेशी संयन्त्रलाई अवलम्बन गरिनु, महिला विकासलाई केन्द्रविन्दुमा राखेर कानूनी प्रबन्ध गरिनु, बजेटमा लैङ्गिक कोडको व्यवस्था गरिनु र महिला विकासमा केन्द्रित निकायहरूको स्थापना र सञ्चालन गरिनु यसैका केही उदाहरण हुन् । महिलाहरूको पहिचान, पहुँच र प्रतिनिधित्व बढाउने र यसको गुणस्तर सुधार गर्ने कार्यमा यी प्रयास सफल बन्दै गएका पनि छन् । यसको फलस्वरूप नेपालमा महिलाहरूको वित्तीय स्रोत तथा सम्पत्तिमा स्वामित्व बढेको छ । शिक्षामा पहुँच बढेसँगै औपचारिक क्षेत्रबाट आयआर्जन गर्ने महिलाहरूको संख्या पनि बढेको छ । अहिले सहकारीमा आधा सदस्य महिला छन् । समावेशी व्यवस्थाका कारण निजामती सेवामा २६ प्रतिशतभन्दा बढी महिला छन् । शिक्षक, प्रहरी, सेनामा पनि महिलाहरूको संख्या बढेको छ । बैङ्क खाता पनि आधा महिलाका भएका छन् । चालीस प्रतिशत घरजग्गामा यिनैको स्वामित्व भएको छ भने देशकै ३० प्रतिशत जग्गा महिलाको स्वामित्वमा आइसकेको छ । राजस्व छूट र सशक्तीकरणको आवाजले काम गरेकाले यस प्रकारको उपलब्धि प्राप्त भएको हो । संयुक्त जग्गाधनी पुर्जा बनाउने क्रम पनि बढेको छ । यसले महिलाको आत्मसम्मान र आत्मविश्वास बढेको छ । संविधानले पैतृक सम्पत्ति, वंशीय र समान हक दिएकै छ । सामाजिक सुरक्षाका सेवासुविधा पाउनेहरू सबैले बैङ्कमा खाता खोल्नुपर्ने नीतिले वित्तीय पहुँच बढाएको छ । समग्रमा विगत १५ वर्षमा लिइएको सकारात्मक विभेदको नीतिले स्वामित्व, नेतृत्व र समाजमा महिलाहरूको पहुँच ह्वात्तै बढाएको छ । देश विकासमा उनीहरूको निर्णायक भूमिका रहने अवस्था सृजना भएको छ । घर धान्ने महिलाहरू देश धान्ने हैसियतमा पुगेका छन् । भूमिका बढेसँगै उनीहरूबाट उच्च कार्यसम्पादन र उत्तरदायित्वको पनि अपेक्षा गर्न थालिएको छ । सन् २०२३ को नारी दिवसको नारा ‘समतालाई आत्मसात् गर’ (एम्ब्रेस एक्यूटी) भन्ने रहेको छ । समानताले मात्र नपुगेपछि समता खोजिन्छ । समताले असन्तुलनलाई सन्तुलनमा ल्याउन मद्दत गर्छ । सन्तुलनमा ल्याएपछि मात्र समानताको नीतिले काम गर्न थाल्छ । यसैलाई दृष्टि गरी विश्वभर नारी पुरुषको समान अंशियारको पैरवी गर्न थालिएको छ । समताको नीतिमार्फत नारी र पुरुषले समान ऊर्जा र अंशका साथ अघि बढ्ने वातावरणका लागि विश्व समुदायले गरेको यस्तो पहललाई सकारात्मक तवरले लिनुपर्छ । महिलाले गर्ने सबै कामको सम्मान गर्ने, उनीहरूले गर्ने कामलाई पनि आर्थिक गणनामा समावेश गर्ने, सबै प्रकारका असमानताको अन्त्य गर्न समता कायम गर्ने र हिन्दू दर्शनको सही व्याख्या गरी यसले महिलालाई दिएको उच्च स्थान सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । यसले नै समताको जग हाल्ने देखिन्छ । यस दिशामा नेपाल सरकारबाट धेरै काम भएका पनि छन् । आगामी दिनमा महिला, अर्थतन्त्र र विकासलाई जोडनु जरुरी भएको छ । लेखक योजना आयोगका कार्यरत छन् ।

दसैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलि दिएर मनाइयो महानवमी

काठमाडौं,१८ असोज । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ। आज दुर्गा भवानीको पूजा आराधना गर्नका साथै दसैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलि दिइन्छ । आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिइन्छ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत कार्य […]