मनाइयो भैरव कुमारी जात्रा

दोलखामा भैरव कुमारी जात्रा मनाइएको छ । सांस्कृतिक परम्परा अनुसार भाद्र कृष्ण पक्ष द्वितीयादेखि षष्ठीसम्म पाँच रात मनाउने चलन रहेको छ । भैरव कुमारी जात्रामा भीमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर तलेजु भवानी मन्दिरअगाडि घण्टाकर्णको स्वरूप बनाइन्छ । बाजागाजासहित देवी भगवतीको बलि पूजा गरिन्छ । घण्टाकर्णलाई देवी भगवतीको प्रसाद चढाएर दही चिउरा खुवाई खुकुरीले प्रहार गरी मारेर दोलखा सहरभन्दा केही पश्चिमतिरको खोल्सामा फ्याँकिन्छ । त्यसरी घण्टाकर्ण फ्याक्न लैजाँदा बाजागाजासहित लगिन्छ ।

सम्बन्धित सामग्री

भैरव कुमारी जात्रा मनाइयो

परम्परागतमा रूपमा प्रत्येक वर्ष दोलखाको सदरमुकाम चरीकोटको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा मनाइने भैरव कुमारी जात्रा यस वर्ष पनि अत्यन्त उत्साहका साथ मनाइएको छ ।

दोलखा शहरमा भैरवकुमारी जात्रा शुरु

कालो रङ्गको वस्त्रधारी भैरवका पछाडि रातो भेषमा सजिएकी कुमारी अनि उनिहरुको वरिपरि हातहतियार सहित विभिन्न भेषभुषामा सजिएका सिपाहीहरू रातभरी ऐतिहासिक शहर दोलखा बजार घुमेर नाँच्ने परम्परागत भैरव कुमारी जात्रा बुधबारबाट शुरु भएको छ ।