मध्यपहाडी राजमार्गअन्तर्गत हेमजा खण्डको काम असारभित्रै सम्पन्न हुने

वैशाख ३, कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्कीस्थित हेमजा खण्डको निर्माण चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  पोखरा महानगरपालिका–२५ याम्दीबाट घट्टेखोलासम्मको १२ दशमलव दुई किलोमिटर सडकमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको छ । साविकको पोखरा–बाग्लुङ राजमार्गको स्तरोन्नति गरी फराकिलो बनाएर यतिबेला कालोपत्र शुरु गरिएको छ । गत असोजभित्रमा आयोजना सम्पन्न गर्नुपर्नेमा बन्दाबन्दीलगायतका कारणले काममा ढिलाइ भए पनि आगामी असारभित्रमा बाँकी काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग आयोजनाका इञ्जिनीयर अनन्त बरालले जानकारी दिए । सो खण्डमा गत पुसदेखि सडक कालोपत्र गर्न शुरु गरिएकामा हालसम्म आधाभन्दा बढी सडक कालोपत्र गरेर सकिएको छ । ‘चालू आर्थिक वर्षमा यस खण्डको बाँकी सबै काम सम्पन्न गर्ने लक्ष्यअनुसार अहिले कालोपत्रको कामले तीव्रता पाएको छ । अहिलेकै गतिमा काम गरेर बाँकी अवधिमा आयोजना सम्पन्न गर्न लागिपरेका छौँ’, इञ्जिनीयर बरालले भने । मध्यपहाडी आयोजनाअन्तर्गत घट्टेखोलाबाट पर्वत जिल्लाको सीमा नयाँपुलसम्मको काम सकिएको छ । याम्दीबाट घट्टेखोलासम्म शुरुमा एक तहको काम सकेर त्यसपछि अर्को लेनको काम गरिने आयोजनाले जानकारी दिएको छ । बरालले भने, ‘यात्रुलाई सहज होस् भनेर हामीले पहिलो चरणमा एकतर्फी काम सम्पन्न गर्न लागिपरेका छौँ । सुँइखेतमा दुईतर्फ सकिए पनि तीन किमी एकतर्फी काम बाँकी छ, त्यसलाई पूरा गर्दछौँ ।’ मध्यपहाडीको कास्की याम्दीबाट नयाँपुलसम्मको ३७ किमी सडक तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी तीन भागमा विभाजन गरेर विसं २०७४ असारमा रू. दुई अर्ब ९३ करोड ६६ लाख लागतमा ठेक्का सम्झौता गरिएको थियो । याम्दीबाट सुँइखेतफाँटसम्म स्वच्छन्द इलाइट जेभीले रू. ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुँइखेतबाट घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले रू. ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा कामको जिम्मा पाएका थिए । त्यसैगरी घट्टेखोलाबाट नयाँपुलसम्मको २६ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्शनसँग रु ९६ करोड ७४ लाख ११ हजार १०७ लागतमा मध्यपहाडी लोकमार्ग आयोजना पर्वतले ठेक्का सम्झौता गरेको थियो ।  राजमार्ग ६ लेन (३० मिटर) चौडाइ तथा तीन मिटरको डिभाइडर (मेडियन) तथा दायाँ–बायाँ दुई/दुई मिटरको नाला निर्माण गरिएको छ । पहाडी धरातालका कारण घट्टेखोलाबाट नयाँपुलसम्म भने दुई लेनको छ । आयोजनाको याम्दीपूर्वको क्षेत्रमा भने सडक एलाइनमेन्टको अझै टुंगो लाग्न सकेको छैन । लमजुङ जिल्लाको सिमाना रुदीदोभानबाट मादी गाउँपालिकाको भैँसेसम्मको १६ किमी खण्डमा चालू आवमा बोलपत्र आह्वान भएर ठेक्का सम्झौतापछि गत महीनादेखि काम शुरु भए पनि भैँसेदेखी याम्दी जोड्ने सडकको अझै टुंगो लाग्न नसकेको हो । रासस 

सम्बन्धित सामग्री

सिटीहलको ५५ प्रतिशत काम सम्पन्न

भरतपुर (चितवन), १५ मङ्सिर । चितवनमा निर्माणाधीन सिटीहलको ५५ प्रतिशत काम सम्पन्न भएको छ । निर्माण सुरु भएको तीन वर्षसम्ममा ५५ प्रतिशत मात्र काम भएको हो । सिटी हलको पहिलोपटक थपिएको म्याद आगामी फागुन मसान्तमा सकिँदै छ । निर्माण २७ महिनामा सक्ने गरी निर्माणको जिम्मा इन्डो–सगुन–रौताहा जेभीले पाएको थियो । निर्माण कम्पनीले कोरोनालगायतका कारणले काममा […]

तीन वर्षसम्म सम्पन्न हुन सकेन ब्लक 'ए' स्तरोन्नतीको काम

डेढ वर्षभित्र सम्पन्न गर्ने गरी तीन वर्षअघि काम सुरु भएपनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो।

रुकुमगाड विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न

रुकुम – रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ। जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो। रुकुमगाड खोलाबाट पाँच मेगावाट विद्युत् उत्पादन गरिँदै छ। विद्युत् आयोजना निर्माणको काम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले लिएको छ । अहिलेसम्म जलविद्युत […]

रुकुमगाड विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न

रुकुमपूर्व, साउन २८ । जिल्लामा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ । जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो । रुकुमगाड खोलाबाट पाँच मेगावाट विद्युत् उत्पादन गरिँदै छ । विद्युत् आयोजना निर्माणको काम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले […]

रुकुमगाड विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न

काठमाडाैँ- रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ। जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो। रुकुमगाड खोलाबाट पाँच मेगावाट विद्युत् उत्पादन गरिँदै छ। विद्युत् आयोजना निर्माणको काम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको छ। अहिलेसम्म जलविद्युत संरचना निर्माणको […]

रुकुमगाड विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न

रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ ।  जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो । रुकुमगाड खोलाबाट पाँच मेगावाट विद्युत् उत्पादन गरिँदै छ ।विद्युत् आयोजना निर्माणको काम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको छ । अहिलेसम्म जलविद्युत संरचना निर्माणको सबै काम सकिएको छ भने पाइपलाइन विस्तारको काम ९५ प्रतिशत सकिएको छ । प्रसारणको काम करिब अन्ति

कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न

कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ। पुनर्निर्माणपछि पानी भरिएको कमलपोखरीको निरीक्षणका क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करिब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।...

कोटेश्वर–जडीबुटी सडकखण्ड निर्धारित समयमा काम सम्पन्न नहुने

कोटेश्वर – जडीबुटी सडकखण्ड विस्तारको काम यसै आर्थिक वर्षको अन्त्यसम्मका लागि सम्पन्न गर्ने लक्ष्य राखिए सम्पन्न हुन नसक्ने भएको छ । हालसम्म निर्माणको ६० प्रतिशत मात्रै काम सकिएको सडक डिभिजन काठमाडौंका प्रमुख इन्जिनियर कुवेर नेपालीले बताए । निषेधाज्ञाका कारण समयमै काम सम्पन्न गर्न अवरोध आएको उनको भनाई छ । मुआब्जा सम्बन्धी समस्याका कारण अल्झिएका काम भने सम्पन्न गर्ने नेपालीले बताए

दोर्दी खोलाको ९७ प्रतिशत काम सम्पन्न

काठमाडौं। दोर्दी खोला जलविद्युत आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको छ। हिमालयन पावर पार्टनर लिमिटेडले बनाइरहेको दोर्दी खोलाको काम अन्तिम चरणमा पुगेको हो। २७ मेगावाट क्षमताको जलविद्युत आयोजनामा इलोट्रो–मेकानिकल र पेनस्टक जडानको काम मात्र बाँकी छ। अहिले तीन हजार २०० मिटरको सुरुङ खन्ने र पाइप विच्छ्याउने र अर्को दुई हजार २७० मिटरको सुरुङको काम सम्पन्न भइसकेको छ।

दोर्दी खोलाको ९७ प्रतिशत काम सम्पन्न

काठमाडौं। दोर्दी खोला जलविद्युत आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको छ। हिमालयन पावर पार्टनर लिमिटेडले बनाइरहेको दोर्दी खोलाको काम अन्तिम चरणमा पुगेको हो। २७ मेगावाट क्षमताको जलविद्युत आयोजनामा इलोट्रो–मेकानिकल र पेनस्टक जडानको काम मात्र बाँकी छ। अहिले तीन हजार २०० मिटरको सुरुङ खन्ने र पाइप विच्छ्याउने र अर्को दुई हजार २७० मिटरको सुरुङको काम सम्पन्न भइसकेको छ।