संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका ५ मा मांसिमालाई छुट्टै वडा बनाउन स्थानीयले माग गरेका छन्।वडा नम्बर ५ को मांसिमालाई छुट्टै वडा बनाउन माग गर्दै स्थानीयले गाउँपालिकामा निवेदन दिएका छन्। भौगोलिक हिसाबले विकट मानिएको मांसिमादेखि वडा कार्यालय आउन पैदल एक दिन लाग्छ।मांसिमाका करिब २ सय ५० घर परिवार भएको मकालु ५ का वडाध्यक्ष जापान गुरुङले जानकारी दिए। मांसिमाका स्थानीयले सामान्य जन्मदर्ता‚ मृत्युदर्ता जस्ता काम एक दिनको पैदल हिँडेर नुम आइपुग्नु पर्छ।सडक सञ्जाल नजोडिएको मांसिमावास