काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ ।
त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल नामिबियासँग पराजित भएसँगै छैटाैँ स्थानमा झरेको छ । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली नामिबियासँग लगातार दोस्रो खेलमा हारेको हो । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।
स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । हिजोको खेलमा जितका लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमा अलआउट भयो । नेपालका दीपेन्द्रसिंह ऐर...