११ चैत, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका दुहबीकी ३२ वर्षीया ककुल्ती देवी साहलाई २९ गते फागुनको मध्यराति सुत्केरी ब्यथाले च्याप्यो । घरमै सामान्य रुपमा बच्चा जन्मिने आशमा परिवारका सदस्यले गाउँकै स्वास्थ्यकर्मीसँग जाँच गराए । स्वास्थ्यकर्मीले दुखाइ कम गर्ने सुई लगाइदिए । तर सुत्केरी ब्यथा लामो हुँदै गयो, बच्चा जन्मिएन । ३० फागुनको बिहानै सवा ५ […]