कस्तो आउँदैछ आगामी वर्षको बजेट?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई महत्व दिएर बजेट ल्याउने बताएका छन्। उनले आज पत्रकारहरुसँग छलफल गर्दै सस्तो लोकप्रियताका कार्यक्रम नसमेटिने बताए। उनले भने, ‘बजेटले दूरगामी प्रभाव पार्ने बजेट आउँछ। देशको अर्थतन्त्रलाई समस्या पार्ने खालको बजेट आउँदैन।’ ओलीले यसअघि नै घोषणा भइसकेका कार्यक्रमलाई सम्बोधन गर्ने समेत बताए।

सम्बन्धित सामग्री

नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महत (लाइभ)

काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । अर्थमन्त्री प्रकाशशरण महतले संसदको बैठकमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । यसअघि मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको थियो ।

आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित भएन: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित नभएको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित छैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित नभएको बताएका छन् । बुधवार राष्ट्रिय सभामा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमाथिको सामान्य छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ...

यस वर्षको बजेट वाचन सुरु, लक्ष्य आयातबाट उत्पादनतर्फ

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गर्नुभएको छ ।त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले उहाँलाई बजेट प्रस्तुत गर्न अनुमति दिनुभएको थियो । अर्थमन्त्रीले राजनीतिक परिवर्तनका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अर्थमन्त्री शर्माले बजेट वाचन गर्न सुरु गर्नुभएको हो । आगामी आवको बजेटमा कृषि, …

मन्त्रिपरिषद् बैठक सम्पन्‍‌न, आगामी आर्थिक वर्षको बजेट स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको हो । मन्त्रिपरिषदले स्वीकृत गरेसँगै संघीय संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आइतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठक डाकिएको […] The post मन्त्रिपरिषद् बैठक सम्पन्‍‌न, आगामी आर्थिक वर्षको बजेट स्वीकृत appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्रिपरिषद् बैठक सम्पन्‍‌न, आगामी आर्थिक वर्षको बजेट स्वीकृत

काठमाडौं, १५ जेठ : मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९÷८० को बजेट स्वीकृत गरेको हो । मन्त्रिपरिषदले स्वीकृत गरेसँगै संघीय संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आइतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त […]

आगामी वर्षको बजेट कृषि उत्पादनमा केन्द्रीत हुन्छ : अर्थमन्त्री शर्मा

सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि उत्पादन बढाउन केन्द्रीत गर्ने भएको छ । विदेशबाट बढ्दो कृषिजन्य वस्तुको आयात न्यूनीकरण गर्न स्वदेशमै कृषि उत्पादन बढाउनतर्फ आगामी आर्थिक वर्षको बजेट केन्द्रीत गरिने भएको हो ।अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा विनियोजन बजेट पेस गर्दै आगामी वर्षमा कृषि क्षेत्रलाई विषेश प्राथामिकतामा राखिने जानकारी दिए । उनले कृषि उत्पादन वृद्धि गर्न कृषि अनुसन्धान, मल, बिउ, तालिम र प्राविधि, मेसिनरी सामानमा किसानको पहुँच बढाइने जानकारी दिए ।यस्तै, किसानलाई यी वस्तुको

आगामी वर्षको बजेट अध्यादेशबाट

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी गरेको छ। प्रतिनिधिसभा विघटन भएपछि बजेट ल्याउने अन्तिम विकल्प अध्यादेश हो। संविधानले नेपालको बजेट जेठ १५ गते अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरेको छ। यही व्यवस्थाअनुसार अध्यादेशबाट ल्याउने तयारी भइरहेको र अन्य विकल्प नभएको अर्थमन्त्रीका आर्थिक सल्लाहाकार प्रकाश श्रेष्ठले बताए।