जाडो मौसममा यसरी गर्नुहोस् बच्चाको ख्याल

मुलुकभर नै जाडो दैनिक रुपमा बढ्दै गएको छ । जाडो मौसममा बच्चा,वृद्ध,अपाङगलाई विशेषरुपमा ध्यान दिनुपर्दछ ।

सम्बन्धित सामग्री

जाडोमा बच्चाको स्याहार

जाडो बढिरहेको छ । यस मौसममा वयस्क, वृद्धवृद्धा र बालबालिका सबैमा शारीरिक समस्या देखिन सक्छ । साना बच्चामा जोखिम अझै धेरै देखिने भएकाले उनीहरूको विशेष ख्याल गर्नुपर्छ ।  ६ महिनासम्म  ६ महिनासम्मका शिशुको धेरै ख्याल...

जाडोमा बच्चाको स्याहार कसरी गर्ने? यस्ता छन् १४ टिप्स

बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ।

यो मौसममा बच्चाको हेरचाह कसरी गर्ने ?

‘सामान्य ज्वरो आए झोलिलो खानेकुरा दिएर न्यानोमा राख्दा बच्चा निको हुन्छ’अब विस्तारै जाडो सुरु हुँदैछ। जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरूको हो। नाकबाट पानी बग्ने समस्या पनि बालबालिकामा यो मौसममा देखिने गरेको छ। बालबालिकामा निमोनियाको समस्या बढी हुन्छ भन्ने गरिन्छ। उनीहरुमा लाग्ने मौसमी […]

जाडोमा हीटर र गिजरले निम्त्याउन सक्छन् कहालीलाग्दो जोखिम, के छन् जोगिने उपाय ?

गत साता सोमवार काठमाण्डूको बागबजारस्थित काठमाण्डू मोडेल कलेज (केएमसी) को छात्रावासमा एक विद्यार्थीको मृत्यु भयो। नुहाउने क्रममा बेहोस भएका उनलाई अस्पताल लग्दालग्दै मृत्यु भएको कलेजका प्रधानाध्यापक डा. नवीन्द्र बहादुर अर्यालले जानकारी दिए। उनले दिएको जानकारी अनुसार मृतक कक्षा १२ मा अध्ययनरत थिए।घटनालगत्तै कलेजका अन्य विद्यार्थी आन्दोलनमा ओर्लिए। उनीहरूले कलेजको होस्टलमा उचित भेन्टिलेशन नभएका कारण निसासिएर आफ्ना साथीको ज्यान गएको दाबी गरेका छन्। कलेज व्यवस्थापनले लापरबाही गरेको आरोप उनीहरूले लगाएका छन्।प्रधानाध्यापक अर्यालले  भने,”घटनाबारे अझै पनि अनुसन्धान भइरहेको छ। कस्ता कमजोरी भए र अबदेखि के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ।”चिसो छल्न प्रयोग गरिने विद्युतीय वा ग्यास हीटर तथा गिजरका कारण भएको भनिएको यो पहिलो घटना भने होइन। जाडो महिनामा त्यस्ता उपकरणको प्रयोगपछि दुर्घटनामा परी अस्पताल भर्ना हुने र मृत्यु हुनेको सङ्ख्या उल्लेख्य मात्रामा हुने चिकित्सकहरू बताउँछन्।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पल्मोनोलजी एवं क्रिटिकल केअर मेडिसिन विभागका डा. नीरज बम भन्छन्,”मृत्युका घटना बाहिर आउँछन् तर घाइते हुनेहरूबारे कसैलाई थाहा हुँदैन। यस वर्ष जाडो लागेपछि थुप्रै बिरामी नुहाउँदानुहाउँदै वा आगो ताप्दाताप्दै निसासिएको, बेहोस भएको भन्दै ल्याइएका छन्। उनीहरू ठिक भएर घर फर्किन्छन्।”के कारण निसासिन्छन् मानिस?ग्यासबाट चल्ने हीटर र गिजर चलाउँदा वा कोठाभित्र आगो बाल्दा त्यसबाट कार्बन मोनोक्साइड निस्किने विज्ञहरू बताउँछन्। जुन कोठा वा नुहाउने कोठामा फैलिन्छ। चिसो मौसममा कोठाको झ्यालढोका बन्द रहने भएकाले बाहिरबाट अक्सिजन भित्र पस्न पाउँदैन र भित्रबाट दूषित कार्बन मोनोक्साइडयुक्त हावा बाहिर जान पाउँदैन।“त्यसरी गुम्सिएको कोठामा फैलिएको कार्बन मोनोक्साइड हामी सासबाट लिन थाल्छौँ। त्यो मानिसको फोक्सोमा पुग्छ र फोक्सोबाट रगतका नलीमा गएर रातो रक्तकोषिकाको हेमोग्लोबिनसँग टाँसिन्छ” डा. बम भन्छन्।सामान्य अवस्थामा फोक्सोबाट आएको अक्सिजनलाई हेमोग्लोबिनले बाँधेर शरीरभरि पुर्‍याउँछ। तर अक्सिजनको साटो कार्बन मोनोक्साइड रक्तनलीमा गएपछि मुटु, मिर्गौला, कलेजो र मस्तिष्कसम्म पनि पुग्छ। “त्यसपछि मानिसमा निसासिने समस्या देखिन थाल्छ,” उनले भने।उनका अनुसार यो अवस्थालाई 'कार्बन मोनोक्साइड पोइजनिङ' भनिन्छ।पल्मनरी एन्ड क्रिटिकल केअरविज्ञ डा. रक्षा पाण्डेले भने कार्बन मोनोक्साइडको रङ्ग र गन्ध नहुने भएकाले झट्ट पहिचान गर्न गाह्रो हुने जानकारी दिइन्। अक्सिजनको तुलनामा कार्बन मोनोक्साइड चाँडो हेमोग्लोबिनमा टाँसिन्छ।कस्ता समस्या देखिन्छन्?कार्बन मोनोक्साइड शरीरका भागहरूमा फैलिएपछि सुरुमा टाउको गह्रुङ्गो हुने र दुख्ने, रिँगटा लाग्ने, आँखा तिरमिर हुने जस्ता समस्या देखिन्छन्। गाह्रो बनाउँदै जाँदा शरीर फतक्क गल्ने, बान्ता आउने, हात काँप्नेजस्ता समस्या आउने डा. बमले बताए।”समस्या भोगिरहेको मानिसलाई आफ्नो स्थितिबारे चेत हुँदैन। उनीहरू बाहिर निस्किन पनि सक्दैनन्। त्यसैले निसासिन्छन् र लामो समय अक्सिजन अभावमा रहँदा ज्यान जान सक्छ,” उनले भने।मुटुले अक्सिजन नपाउने यस अवस्थालाई ‘एरिद्निया’ भनिन्छ। यस अवस्थामा मुटुको गति र ताल असन्तुलित हुने चिकित्सकहरू बताउँछन्।यस्तो दुर्घटना प्रायः गिजर प्रयोग गरी नुहाइरहेको वा हीटर बालेर सुतिरहेको अवस्थामा हुन सक्ने चेतावनी उनले दिए। “सुतेकाहरूको हकमा उनीहरू अर्धचेतनमा हुन्छन्। न रिँगटा लागेको थाहा पाउँछन् न टाउको दुखेको नै। त्यसैले बेहोस हुन्छन् र उठ्न सक्दैनन्।”के हुन् समाधानका उपाय?तातोका लागि ग्यासबाट चल्ने वा विद्युतीय उपकरण प्रयोग गर्दा बाह्य र भित्री वातावरणको हावा आवतजावत हुने ठाउँ बनाउँदा तथा झ्याल वा भेन्टिलेशन खुला राख्दा जोखिम घट्ने डा. बमको कथन छ। उनले कार्बन मोनोक्साइड हावामा हलुका हुने र खुला ठाउँबाट बाहिर निस्किने जानकारी दिए।दुर्घटना भइहालेको अवस्थामा अस्पताल पुर्‍याउनुको विकल्प नभएको उनी बताउँछन्। “कार्बन मोनोक्साइड पोइजनिङ भएकाहरूलाई तीव्र गतिमा प्रवाह हुने अक्सिजन सहायतामा राख्नुपर्छ। परीक्षणपछि बिरामीको शरीरको कहाँ कस्तो असर परेको छ सोहीअनुरूप ‍औषधिउपचार गरिन्छ,” बमले भने।अरू कस्तो जोखिम?केही वर्षअघि पुस महिनाको ७ गते। कलङ्की बस्ने इन्जिनियर दम्पती पुष्करराज जोशी र अप्सरा श्रेष्ठको कोठाबाट धुवाँको मुस्लो निस्कियो। धुवाँसँगै हारगुहारको आवाज सुनेपछि छिमेकीहरू उद्धार गर्न गए।कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पुर्‍याउँदासम्म त उनीहरू होसमै थिए। उनीहरूका १४ महिने छोरालाई भने त्यहाँ बच्चाको भेन्टिलेटर नभएकै कारण भक्तपुरस्थित सिद्धि मेमोरियल अस्पताल पुर्‍याइयो।उपचार र ठिक हुने आशाबीच घटना भएको पाँच दिनपछि पुष्करको निधन भयो। त्यसको चार दिनपछि पुस १६ गते अप्सराको पनि मृत्यु घोषणा भएको उनका बुबा प्रेमकुमार श्रेष्ठले जानकारी दिए।उनीहरूका छोरा अहिले चार वर्षका भए। उनी शरीरको विभिन्न भागमा पोलेको घाउ बोकेर हजुरबुबा र हजुरआमासँग हुर्किरहेका छन्।प्रहरीका अनुसार घटना भएको रात कोठामा ग्यास हीटर प्रयोग भएको थियो। त्यही हीटरको ग्यास चुहिएर आगलागी भएको प्रहरीको अनुमान छ।नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरका बर्न वार्ड प्रमुख डा. सुरेन्द्र बस्नेतका अनुसार जाडोमा हुने यस्तै दुर्घटनाका कारण अस्पतालमा जलनका बिरामीको सङ्ख्या ह्वात्तै बढ्छन्। उनका अनुसार वार्षिक करिब ६०० जलनका बिरामी आउँछन्। तीमध्ये २० देखि २५ प्रतिशतको मृत्यु हुन्छ।“जाडोमा न्यानोका लागि हीटर, गिजरको प्रयोग गरिन्छ। गाउँघरतिर आगो बालिन्छ। पानी पनि तातै पिउँछौँ। यी सबैको प्रयोगमा सतर्क नहुँदा दुर्घटना हुन्छ,” बस्नेतले भने।कस्ता हुन्छन् जलनका प्रकार?डा. बस्नेतका अनुसार प्रायः तातो पानी शरीरमा पोखिएर हुने जलनको पीडित बालबालिका छन्। सोही उमेर समूहका बालबालिकाहरूले बलिरहेको हीटर समातेर वा हीटरको रापले उनीहरूको लुगा पगालेर भएका घटनाहरू समेत देखिने उनले बताए।सहरी क्षेत्रमा ग्यास हीटर लीक वा विद्युतीय हीटर शर्ट भएर पनि दुर्घटनाहरू भएको विवरण दिए। उनले भने, ”ग्यास लीक भएको छ कि छैन जाँच नगरी वा तार सही छ कि छैन जानकारी नराखी उपकरण प्रयोग गर्दा आगलागी हुन्छ र जलनमा परेकाहरू उपचारका लागि आउँछन्,” उनले भने।यस्ता दुर्घटनाहरूले शारीरिक जलन मात्र गराउने नभई श्वासप्रश्वास प्रक्रिया र फोक्सोमा समेत असर पुर्‍याउने बताए।त्यस्तै दाउराको आगलागीमा परेकाहरू भने प्रायः ग्रामीण भेगबाट आउने उनको भनाइ छ।आगोका अरू कस्ता दुष्प्रभाव?जाडो छल्न मात्र नभई खाना बनाउन प्रयोग गरिने आगो र त्यसको धुवाँका कारण दीर्घ दम तथा खोकी (सीओपीडी) को समस्या बढिरहेको डा. नीरज बम बताउँछन्। उनी यसलाई उपयुक्त भेन्टिलेशन नहुँदाको परिणाम मान्छन् ।धुवाँमा हुने फरक किसिमका ग्यास, रासायनिक तत्त्वले गर्दा दमसँगै नियमित रुघाखोकी, श्वासनली साँघुरो बनाउने जस्ता समस्या निम्त्याउने बताए। ”दीर्घकालीन रूपमा क्यान्सरको समस्या पनि सिर्जना हुन सक्छ।”यस समस्याको समाधान पनि उचित भेन्टिलेशन नै भएको बताए।न्यानोको विकल्प एअर कन्डिशनर (एसी) ले पनि स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन्। बन्द कोठालाई चिसो बनाएर बस्नेहरूमा फ्लूको समस्या अधिक हुने र तापक्रम बढाएर बस्नेहरूमा छालाको एलर्जी, आँखा र नाक चिलाउने जस्ता समस्या देखिने बताउँछन् डा. बम।“समग्रमा यस्ता उपकरणहरूले हानि नै गर्छन्। प्रयोग गर्नु पर्ने बाध्यताहरू हुन्छन् तर सतर्क भएर चलाउनुपर्छ।”  -बिबिसीबाट

के हो ह्यान्ड, फुट एन्ड माउथ डिजिज?

जाडो बढेसँगै साना बच्चाहरुमा यो रोग अलि बढी देखिन थालेको छ। ओपिडीमा दैनिक रुपमा बिरामी बच्चाको संख्या बढ्न थालेपछि यो विषयमा जनचेतना थप फैलाउन आवश्यक रहेको देखिन्छ।

के हो ह्यान्ड, फुट एन्ड माउथ डिजिज?

जाडो बढेसँगै साना बच्चाहरुमा यो रोग अलि बढी देखिन थालेको छ। ओपिडीमा दैनिक रुपमा बिरामी बच्चाको संख्या बढ्न थालेपछि यो विषयमा जनचेतना थप फैलाउन आवश्यक रहेको देखिन्छ।

गर्मीमा यसकारण असुरक्षित हुन्छ बच्चाको आँखा - Naya Patrika

गर्मी मौसममा अधिकांश बालबालिकालाई आँखाको एलर्जीको समस्या हुन्छ । खासगरी, जाडो मौसम सकिएर गर्मी सुरु हुनेबित्तिकै बालबालिकालाई यस्तो समस्याले बढी सताउने गर्छ । ५ देखि ८ वर्षसम्मका बालबालिकामा आँखाको एलर्जी...पूरा पढ्नुहोस् »

यसरी हुन्छ निमोनिया - Naya Patrika

जाडो मौसमको सुरुवातसँगै बालबालिकामा अत्यधिक मात्रामा निमोनिया देखिन थाल्छ । निमोनियालाई धेरैले सामान्य रूपमा लिए पनि यसले बच्चाको मृत्यु नै पनि हुन सक्छ । त्यसैले यसबारे सचेत हुन जरुरी छ ।

चिसोमा बच्चाको हेरविचार कसरी गर्ने?

जाडो महिनामा अधिकांश बच्चालाई निमोनिया, घ्यारघ्यार र दमजस्ता समस्याले सताउँछ। अन्य उमेर समूहभन्दा बच्चाहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ। यो मौसम ब्याक्टेरिया, इन्फ्लुएन्जा र आरएसपी भाइरसका लागि अनुकुल हुनाले बच्चाहरू चाँडै संक्रमित हुन्छन्। रुघाखोकी लाग्दा बच्चाको छेउमा हाच्छिँउ गर्दा, त्यही हातले बच्चा बोक्दा, पहिलेदेखि नै दमको समस्या भएको र चिसोको एलर्जी भएका बच्चा चाँडै संक्रमित…

जाडो मौसममा यसरी राखौं बच्चाको ख्याल

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank