काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
आज बिहीवार काठमाण्डाैमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै प्रधानमन्त्री देउवाले यस्ताे बताउनुभयाे । कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने उहाँकाे भनाइ छ । प्रधानमन्त्री देउवाले विश्वविद्यालयले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ...