जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज छलफल गरेको छ। जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा सहितका नेताहरूले प्रधानमन्त्री ओलीसँग लामो छलफल गरेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सहभागी भएका एक नेताले लोकान्तरलाई दिएको जानकारी अनुसार जसपालाई कार्यकारिणी समितिमा बहुमत कसरी जुटाउने भन्ने विषयमा समेत छलफल भएको थियो। ‘५० सदस्यीय कार्यकारिणी समितिमा २५-२५ सदस्य दुबै समूहमा थियो तर पछिल्लो समय हाम्रा केही साथीहरू उता...