शुक्लाफाँटामा पाटे बाघको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमास्तम्भ नजीक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए ।“हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखिएपछि निकुञ्ज प्रशासनमा खबर गरे”, सहायक संरक्षण अधिकृत चौधरीले भने, “राति घाइते बाघको मृत्यु भयो ।” मृत बाघको अहिले निकुञ्ज कार्यालयमा शव परीक्षण हुनेछ । &ldqu

सम्बन्धित सामग्री

पर्सामा दुईवटा खुट्टा काटेर फालिएको अवस्थामा मृत बाघ फेला

वीरगंज : पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बगडाडोबमा मृत पाटे बाघ फेला परेको छ। आइतवार बिहान राष्ट्रिय वनबाट करिब ३०० मिटर दक्षिण भलुवाही खोला नजिकै मृत बाघ फेला परेको हो। मृत भेटिएको ९ फिट ४ इन्चको बाघको दुईवटा खुट्टा काटेर लगेको पाइएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ। बाघको मृत्यु…

पासोमा परेर पाटे बाघको मृत्यु

कैलालीको टिकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघ फेला परेको छ । पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले पुष्टि गरेको छ ।

बर्दियामा पाटे बाघ मृत अवस्थामा भेटियो

एक हप्ता अघि बाघ–बाघबीचको लडाईं भएको र प्राकृतिक कारणले पाटे बाघको मृत्यु भएको हुनसक्ने खाता सव–डिभिजन वन कार्यालय सानोश्रीका सहायक वन अधिकृत दिपक थारु ‘दहित’ले बताउनुभयो ।

सुदूरपश्चिममा वन्यजन्तु उद्धार केन्द्र नहुँदा समस्या

गत वर्ष चैत तेस्रो साता कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नेपाल–भारत सीमामा एउटा पाटे बाघ घाइते अवस्थामा भेटियो । सिकारीको पासोमा परेर सीमा क्षेत्रमा घाइते अवस्थामा भेटिएको बाघलाई बचाउन सकिएन । बर्दियाबाट आएको उद्धार टोली महेन्द्रनगर पुग्न नपाउँदै बाघको मृत्यु भयो । शुक्लाफाँटाको घाइते बाघ त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो, सुदूरपश्चिमका राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनमा वन्यजन्तुको उद्धार गर्न यहाँ अहिलेसम्म उद्धार केन्द्र नै छैन् । “बाघ पासोमा परेर घाइते भएकै दिन