गत वर्ष चैत तेस्रो साता कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नेपाल–भारत सीमामा एउटा पाटे बाघ घाइते अवस्थामा भेटियो । सिकारीको पासोमा परेर सीमा क्षेत्रमा घाइते अवस्थामा भेटिएको बाघलाई बचाउन सकिएन । बर्दियाबाट आएको उद्धार टोली महेन्द्रनगर पुग्न नपाउँदै बाघको मृत्यु भयो । शुक्लाफाँटाको घाइते बाघ त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो, सुदूरपश्चिमका राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनमा वन्यजन्तुको उद्धार गर्न यहाँ अहिलेसम्म उद्धार केन्द्र नै छैन् । “बाघ पासोमा परेर घाइते भएकै दिन