आसन्न निर्वाचनमा मकवानपुरको २ वटा निर्वाचन क्षेत्रमा चुनाव लड्न नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको लागि चुनाव लड्न माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरले उम्मेदवारहरू प्रदेश कमिटीलाई सिफारिश गरेको हो ।माओवादी केन्द्र मकवानपुरको हेटौंडास्थित पार्टी कार्यालयमा बसेको बैठकले मकवानपुरको प्रतिनिधि सभा प्रत्यक्षतर्फ २ वटा निर्वाचन क्षेत्रमा ४ जना र प्रदेशसभा अन्तर्गतको ४ वटा निर्वाचन क्षेत्रमा