काठमाडौं : नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट (जिजिजिआई)सँग हाइड्रोजन इन्धन उत्पादनका लागि सम्झौता गरेको छ।प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन शुरु गर्ने उल्लेख गरिएको हो। सिंहदरबारमा मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जिजिजिआईका महानिर्देशक फ्रेंक रिजस्वेर्मन र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस