विराटनगर / प्रदेश १ मा सोमबारदेखि बजेट अधिवेशन सुरु हुँदै छ । यो अधिवेशन प्रदेशसभाको आठौं अधिवेशन हो । अधिवेशनको अघिल्लो दिन प्रदेशसभा सचिवालयले सबैको कोरोना परीक्षण गरेको छ । सचिवालयले प्रदेशसभाका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक, संसदीय पत्रकार र सांसदहरूको पीसीआर परीक्षण गराएको हो । स्वाब संकलन गरेर परीक्षण गरिएकामध्ये पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...