विराटनगर : संसदको बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै प्रदेश १ का विपक्षी दलहरुले आइतबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई भेटेका छन्।प्रदेश सरकारले संसद् छलेर अध्यादेशमार्फत बजेट ल्याउने आशंका गर्दै विपक्षी दलले प्रदेश प्रमुखलाई भेटेर अधिवेशन आह्वानको पहल गर्न आग्रह गरेका हुन्।असार १ मा प्रदेशले बजेट ल्याउने संवैधानिक व्यवस्था भए पनि यसपटक प्रि बजेट छलफलको म्याद गुज्रिसकेको छ। मुख्यमन्त्री शेरधन राईले संसद् छलेर बजेट ल्याउने सरकारको कुनै योजना नरहेको बताउँदै आए पनि अहिलेसम्म बजेट अधिवेशन