रामेछाप – सङ्घीय राजधानी काठमाण्डौ तथा तराईका जिल्ला हुँदै रामेछापका आठ वटै पालिकाका वडास्तरसम्म सडक सञ्जाल जोडिएसँगै व्यापार, व्यवसाय गर्ने मानिस बढेका छन् । जसका कारण उपभोक्ताले दैनिक उपभोग्य सामान सहजै पाउन थालेका छन् ।
गाउँमा सडक नपुग्दा भरिया लगाएर ढुवानी गर्नुपर्दा चर्को मूल्य पर्ने खाद्यान्नलगायतका सामग्री अहिले गाउँ–गाउँमा बाटो पुगेसँगै नियमित गाडी चल्दा उपभोक्ताले सहजै सुलभ मूल्यमा सामग्री पाउन थालेका छन् । सडक बनेसँगै सहजै मालवाहक गाडी चल्न थालेपछि रामेछापका उत्तरी क्षेत्रमा पर्...