काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपिपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका गरेका छन्।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपिपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपिपी भित्रभित्रै सम्झौता गर्न लागिएको आशंका व्यक्त गरेका हुन्। परराष्ट्र मन्त्रालयले पछिल्लो समयमा तत्कालै पत्राचार गर्न नसकिने र विभिन्न पक्षहरुसँग संवाद, सल्लाह, परामर्श गरेर