उत्तर कोरियाले गर्यो ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले आज (बुधबार) पूर्वी तटीय भूभागबाट दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। केही दिनअघि मात्र उसले क्रुज मिसाइल परीक्षण गरेको थियो। उसले गरेको क्रुज मिसाइल पारमाणविक क्षमतायुक्त भएको विश्वास गरिन्छ।दक्षिण कोरियाली सेनाका ज्वाइन्ट चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाले पूर्वी समुद्रतटबाट दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। उनले एक विज्ञप्ति जारी गर्दै दक्षिण कोरिया र अमेरिकाले परीक्षणबारे विस्तृत जानकारी बटुल्न लागिपरेको र यसको विश्लेषण गरिरहेको पनि उल्लेख गरेका छन्।उत्तर कोरियाले द

सम्बन्धित सामग्री

उत्तर कोरिया र रुसी अधिकारीमाथि अमेरिकाले गर्‍यो प्रतिबन्ध

काठमाडौं, पुस २९ । अमेरिकाले उत्तर कोरियाली तथा रुसी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर यो प्रतिबन्ध लगाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत साता उत्तर कोरियाले दुईवटा मिसाइल परीक्षण गरेको थियो । यो कदम उत्तर कोरियाको हतियार विकासलाई प्रतिकार गर्न अमेरिकी कारवाहीको एक अंश भएको उसको भनाई […]

समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइल : उत्तर कोरिया

काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ। हिजो दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख उत्तर कोरियामा

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले ४ दिने उत्तर कोरिया भ्रमणमा गएका छन् । विगत ६ वर्ष अगाडि देखि नै राष्ट्रसंघका कुनै पनि कर्मचारीले उत्तर कोरियाको भ्रमण गरेका थिएनन् । गत साता उत्तर कोरियाले गरेको अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण पश्चात् संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको भ्रमण आवश्यक ठानेको हो।