काठमाडौं : सरकारलाई सभामुख अग्निप्रसाद सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको छानविन गरी दोषीलाई कानुनी कारबाही गर्न निर्देशन दिएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्यु भएको घटनाबारे जानकारी गराएपछि सभामुखले सरकारको ध्यानकर्षण गराएका हुन्। ‘माननीय सदस्यले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्र