काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले अछाम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारलाई रुलिङ गरेका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।