विभिन्न‍ ब्राण्डको लोगो राखेर चामल विक्री गरेको आरोपमा दुई जना पक्राउ

१३ भदौ, काठमाडौं । प्रहरीले बिना अनुमति ‘सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ’को नाममा विभिन्न‍ ब्राण्डको लोगो राखेर चामल विक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-९ शनिहाट घर भई हाल काठमाडौंको छाउनी बस्‍ने २७ वर्षीय एस अग्रवाल र ओखलढुंगाको सुनकोशी गाउँपालिका-५ पात्ले घर भई हाल काठमाडौंको कुलेश्वर बस्‍ने २७ वर्षीय […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सरकारले अझैसम्म पनि उखु र गहुँको समर्थन मूल्य निर्धारण गर्न नसक्दा किसानहरुसस्तोमा उत्पादन बेच्न बाध्य छन् । सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले यस वर्ष मुलुकको आर्थिक वृद्धिदर ५ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ। विश्वभर चामल विक्री गर्नेमा भारतले ४० प्रतिशित हिस्सा ओगटेको छ।

सेन्चुरी फुड उद्योगको नामकाे लोगो राखेर चामल विक्री वितरण गर्ने दुई जना पक्राउ

काठमाडौं । ललितपुर महानगरपालिका, ३ सुन्दरिघाटस्थित सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योगको नाममा बिना अनुमति विभिन्न ब्राण्डका लोगो राखी चामल विक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त उद्योगका सञ्चालक मोरङ विराटनगर महानगरपालिका, ९ शनिहाट घर भई काठमाडौं महानगरपालिका, १३ छाउनी बस्ने २७ वर्षका एस […]

खाद्य व्यापार कम्पनीद्वारा साढे ३८ लाखको चामल विक्री

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करीब साढे ३८ लाख बराबरको चामल विक्री वितरण गरेको छ । यही असोज १ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसलबाट रू. ३८ लाख ५९ हजार बढीको चामल विक्री भएको हो । ३९ जिल्लाका ४३ विक्री केन्द्रबाट १८ सोमवारसम्म ५३० क्विन्टल चालम विक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार यस वर्ष कम्पनीले सहुलियत पसलमा ८ प्रकारका चामल विक्रीका लागि राखेको छ, जसमध्ये स्टिम जिरा मसिनो चामलको विक्री सबैभन्दा बढी छ । कम्पनीले काठमाडौं उपत्यकामा रहेका चारओटा विक्री कक्षसँगै अनलाइनमार्फत समेत खाद्यान्नको विक्री गर्दै आएको छ । त्यस्तै, ३४१ किलो कर्णालीको सिमी, २७२ किलो क्वाँटी, १९९ किलो मुङ खोस्टा दाल, २ हजार ६९५ किलो रहर दाल, ३ हजार ३५७ किलो मुसुरो दाल, ३ हजार ६५२ किलो मास, १ हजार २७५ किलो तीते फापर, ७५२ किलो आयो नून, ५४२ किलो गहुँ, १ हजार २०० किलो चिनी र १ हजार ३७८ किलो आटा विक्री गरेको कम्पनीले जानकारी दिएको छ । यसैगरी २ हजार ८४७ लिटर सूर्यमुखी तेल, १ हजार २४९ लिटर तोरीको तेल, ४ हजार १८६ लिटर भटमास तेल र ८ हजार २९२ लिटर डीडीसीको घ्यू विक्री भएको कम्पनीले बताएको छ । कम्पनीले दशैंका लागि प्रतिकिलो खसी तथा बोकामा रू. १० छूट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ विक्री केन्द्रबाट चामल, दाल, चिउरा, पीठो र खाने तेलमा रू. ५ तथा भटमासको तेल र सिमीमा रू. १० छूट दिएको छ । शनिवारदेखि खसीबोका विक्री कम्पनीले आउँदो शनिवारदेखि खसीबोका विक्रीको तयारी भएको कम्पनीले जानकारी दिएको छ । ‘हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली विक्री काउन्टरबाट खसीबोका विक्रीको तयारी गरेका छौं, बिहीवार बेलुका खसीबोका आइपुगे शुक्रवार बिहानदेखि वा शुक्रवार बेलुका आइपुगे शनिवारदेखि नै विक्री गर्छौं,’ सूचना अधिकारी न्यौपानेले भनिन् । कम्पनीले यस वर्षको दशैंका लागि मुस्ताङबाट च्यांग्रा नल्याएपछि दाङ र मकवानपुरबाट पहिलो लटमा १ हजार ७०० खसीबोका ल्याउने जानकारी दिएको छ । दुई जिल्लामा खसीबोका खरीद भए पनि काठमाडौंमा कतिमा विक्री गर्ने भन्ने निर्धारण भइनसकेको जानकारी दिइएको छ । रासस

रुकुम पश्चिमको चौरजहारीमा खाद्य डिपो स्थापना

रुकुम । रुकुम पश्चिमको चौरजहारीमा खाद्य डिपो स्थापना गरिएको छ । यससँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चौरजहारीबाट पनि सरकारी अनुदानको चामल विक्री गरिने भएको छ । यसअघि रुकुम पश्चिमको सल्ले, आठबीसकोटको खदी र रुकुम पूर्वको शोभागाउँ  रुकुमकोट र तकसेराबाट चामल विक्री हुँदै आएको थियो  । चालू आर्थिक वर्षदेखि भने चौरजहारी नगरपालिकाबाट पनि चामल विक्री हुने डिपोका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् । ‘स्थानीय मागका आधारमा चौरजहारीबाट चामल विक्रीको तयारी गरिएको हो,’ उनले भने । चालू आर्थिक वर्षमा चौरजहारीमा ७५० क्विन्टल चामलको कोटा निर्धारण भएको उनले जानकारी दिए । गत आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५ हजार क्विन्टल चामल विक्री गरेको छ । सल्लेमा १ हजार क्विन्टलको कोटा तोकेकोमा १ हजार ८०० र स्यालाखदीमा १ हजार क्विन्टलको कोटा रहेकोमा १ हजार ५०० क्विन्टल चामल विक्री भएको खाद्य संस्थान रुकुम सल्लेले जानकारी दिएको छ । त्यस्तै, रुकुमपूर्वको रुकुमकोट शोभागाउँ तथा तकसेरा विक्री केन्द्रबाट क्रमशः १ हजारको कोटा तोकिएकोमा १ हजार ८०० क्विन्टल चामल विक्री भएको छ ।द्द।छजल्लाका ६ ओटा सहकारीले पनि खाद्यको चामल गाउँमा लिएर सस्तोमा बेच्ने गरेको निमित्त प्रमुख खड्काले बताए । उनका अनुसार सहकारीले ८०० क्विन्टल चामल विक्री गरेका थिए । कम्पनीले दशैं, तिहार, छठ र लकडाउनको समयमा पनि सुपथ मूल्यमा चामल विक्री गरेको थियो । दशैंमा २०० क्विन्टल र लकडाउनको समयमा २०० क्विन्टल चामल सुपथ मूल्यमा विक्री भएको कम्पनीले बताएको छ ।

खाद्य कम्पनीको चामल विक्रीमा वृद्धि

राजमार्ग अवरुद्ध भएका कारण ताप्लेजुङमा खाद्यान्न चामल आपूर्ति नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल विक्री वृद्धि भएको हो ।

प्लास्टिकको चामल : राजधानीबाट एक व्यापारी पक्राउ

काठमाडौं, २८ असार - प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक ब्यापारीलाई पक्राउ गरेको नागरिकमा खबर छ । प्रहरीले सानो भर्याङबाट

प्लास्टिकको चामल : राजधानीबाट एक व्यापारी पक्राउ

काठमाडौं, २८ असार - प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक ब्यापारीलाई पक्राउ गरेको नागरिकमा खबर छ । प्रहरीले सानो भर्याङबाट

प्लास्टिकको चामल : राजधानीबाट एक व्यापारी पक्राउ

काठमाडौं, २८ असार - प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक ब्यापारीलाई पक्राउ गरेको नागरिकमा खबर छ । प्रहरीले सानो भर्याङबाट

नेपाल आइपुग्यो प्लास्टिकको चामल, एक ब्यापारी पक्राउ

काठमाडौं, २८ असार । प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक ब्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले सानो भ¥याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो । नागरिक दैनिकले ...