अन्ततः मेरो विकल्प मै हुँ भन्ने शैलीमा संविधानको सबै धाराबाट आफूमात्र सरकार चलाउने केपी शर्मा ओलीको महत्वाकाङ्क्षा माटोको हाँडी झैँ फुटेको छ । आफ्नै कार्यशैली र अहंकारका कारण हुँदाखाँदाको प्रधानमन्त्री पद गुमेको छ । ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा कार्यान्वयन गरेर इतिहास बनाउने सुनौलो अवसर खेर गएको छ । पहिलोपटक प्रधानमन्त्री हुँदाको नाम र जस दोस्रोपटक प्रधानमन्त्रीको हुँदाको कार्यशैलीले झण्डैझण्डै धुलिसात बनाएको छ । सत्य के पनि हो भने, २०७४ को आमचुनावको जनादेशले ओलीकै लागि प्रधानमन्त्रीको पद तो...