कांग्रेसको क्रियाशील छानबिन समितिलाई विवाद समाधान गर्न थप एक दिन

काठमाडौँ – कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशिल छानबिन समितिलाई थप एक दिन समय उपलब्ध गराएको छ। समितिले मंगलबार प्रतिवेदन बुझाए पनि विवाद रहेका निर्वाचन क्षेत्रको समाधान गरी बिहीबार दिउँसो २ बजेसम्म टुंग्याउन समय दिइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। प्रवक्ता शर्माले भने, ‘छलफलबाट भोलि दिउँसोसम्म परिमार्जन गरेरका प्रतिवेदन बुझाउन छानबिन समितिलाई समय दिइएको छ।’ […]

सम्बन्धित सामग्री

खोकनामा द्रुतमार्ग विवाद समाधान गर्न गठित समितिको म्याद ३ महिना थप

१८ साउन, काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजना अन्तर्गत ललितपुरको खोकनामा रहेको विवाद समाधान गर्न गठित समितिको म्याद ३ महिना थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले उपप्रधान तथा रक्षामन्त्री संयोजक रहने गरी ५ वैशाख २०८० मा यस्तो समिति गठन गरेको थियो । सो समितिको म्याद […]

इच्छाकामना अस्पतालको अधुरो भवन बन्दै

जग्गा स्वामित्वको विवाद समाधान भएसँगै भवन निर्माणको थप कार्य अघि बढेको हो।

नागढुंगा सुरुङमार्गमा जग्गाको विवाद समाधान हुँदै

कात्तिक २५, काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माणमा देखिएको जग्गा विवाद समाधान हुँदै गएको छ ।  सडक यातायातमा नयाँ आयामका रुपमा रहेको सुरुङमार्ग निर्माणमा जग्गा प्राप्ति अवरोधका रुपमा रहेको थियो । अरु विवाद रहेका जग्गामा मात्रै जग्गा अधिग्रहण बाँकी रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जानकारी दिएको छ ।  आयोजनाका अनुसार अहिले धादिङ जिल्लास्थित केही जग्गाको अख्तियारमा मुद्दा रहेकाले छानबीनको क्रममा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । त्यसबाहेक काठमाडौं जिल्लामा पनि थोरै जग्गा प्राप्ति गर्न बाँकी छ । समस्या भएका ठाउँमा शुक्रवार नै जिल्ला प्रशासन कार्यालयमा छलफल गरेर टुङ्ग्याइने उनले बताए । उनले भने, ‘भोलिको बैठकले निर्णय गरेमा छिटपुट बाँकी विषय पनि टुंगो लगाउनेछ ।’ खत्रीपौवा पहिरामा मात्र समस्या बाँकी रहेको प्रमुख शाक्यले बताए । पहिरोको अध्ययन, डिजाइन गरेर कति जग्गा थप लिनुपर्ने भनी टुङ्ग्उनु पर्ने उनले बताए । ‘स्थानीयवासीले अध्ययन गर्न नदिएकाले जग्गा प्राप्त गर्नुपर्ने वा नपर्ने थाहा भएको छैन’, उनले भने, ‘चाडपर्वका कारण छलफल भएको थिएन, चाडपर्व सकिएकाले अब हुनेछ ।’  जग्गा प्राप्त भइसकेको ठाउँबाट ‘फ्लाइ ओभर’को निर्माण शुरु गरिएको छ । बलम्बुमा पहुँच सडकबाट ‘फ्लाई ओभर’ शुरु भएको प्रमुख शाक्यले बताए । त्रिभुवन राजपथमा जग्गा प्राप्त गर्नुपर्नेमा त्यहाँ पनि टुंगो लागेपछि निर्माण अघि बढाइनेछ ।  उनले भने, ‘अबको बैठकले बाँकी कुरा टुङ्ग्याएमा त्यहाँ पनि निर्माण अघि बढाइनेछ ।’ सुरुङ खनेपछि पानीको अभाव हुने भन्दै स्थानीयवासीले खानेपानीको व्यवस्थापनको माग गरेका थिए । त्यहाँको खानेपानी समस्या समाधानका लागि ट्यांकी निर्माण अन्तिम चरणमा पुगेको छ ।  केही दिनमा नै घर–घरमा पाइप लगिने उनले बताए । आयोजनाले बजेट छुट्टाइसकेको छ भने नगरपालिकासँगको समन्वयमा पाइप विच्छाइने बताइएको छ । रासस

थप ४ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

काठमाडौँ– थप ४ जिल्लामा नेपाली कांग्रेसका क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । कैलाली, सुर्खेत, डोल्पा र बाँकेको क्रियाशील सदस्यता विवाद समाधान गरिएको हो । अब ८ वटा जिल्लामा विवाद बाँकी रहेको छ । यही असोज ५ गतेसम्म बाँकी रहेका २० जिल्लाको वडाको अधिवेशन एकै दिन गर्ने भनिएपछि शनिबारसम्म ८ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान […]

कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि थप १० जिल्लाका पार्टीका क्रियाशील सदस्यता विवाद टुंगो लगाएको छ । कांग्रेसले यसअघि ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ । यही भदौ १८ गतेदेखि प्रारम्भ भएको पार्टीको वडा अधिवेशन हालसम्म उक्त सबै ५७ जिल्लामा सम्पन्न भइसकेको छ । बाँकी २० जिल्लामध्ये १० जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरी […]

कांग्रेसको थप ८ जिल्लामा सदस्यता विवाद टुंगियो

काठमाडौं, ३० भदौ । सत्तारुढ दल नेपाली कांग्रेसले क्रियासिल सदस्यतासम्बन्धि विवाद थप ८ जिल्लामा टुङ्ग्याएको छ । कांग्रेसले काभ्रे, मोरङ, महोत्तरी, बर्दिया, पर्सा, कैलाली र सिन्धुपाल्चोकका क्रियासिल सदस्यता विवाद टुङ्ग्याएको जनाएको छ । क्रियासिल छानबिन समितिका सदस्यहरुसहित नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, रमेश लेखकको समन्वयमा सर्वसम्मत रुपमा विवाद समाधान भएको हो । कांग्रेस निर्वाचन समितिले […]

पार्टीलाई एकतावद्ध बनाउने एमाले स्थायी समितिको निर्णय

नेकपा एमालेमा देखिएको विवाद समाधान गर्नका लागि पार्टीले थप प्रयास गर्ने भएको छ। पार्टीलाइ एक बनाएर्र लैजानका लागि सबै प्रयासहरु गर्ने निर्णय सहित पार्टीको स्थायी समिति बैठक सकिएको नेकपा एमालेले जनाएको छ।...

एकता प्रयासमा फेरि सक्रिय ओली र नेपाल पक्षीय नेताहरु, सिंहदरबारमा वार्ता जारी

काठमाडौँ – एमाले विवाद समाधान सम्बन्धी कार्यादलका पूर्वसदस्यहरु र थप केही नेताहरु पार्टी एकताका लागि फेरि सक्रिय भएका छन् । शीर्ष तहमा आएको तिक्तताले एकता संघारमा रहेको पार्टी विभाजन उन्मुख भएको निष्कर्ष निकाल्दै उनीहरु फेरि पार्टी एकता प्रयासमा जुटेका हुन् । स्रोतका अनुसार अहिले सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीका तर्फबाट पृथ्वीसुब्बा गुरुङसहित ६ […]

एमालेको विवाद समाधान कार्यदलको बैठक बेलुका ७ बजे बस्ने

काठमाण्डाै – नेकपा एमालेको विवाद समाधानका लागि बसेको कार्यदलको बैठक केहीबेर बसेर स्थगित भएको छ । आन्तरिक विषय मिलाउन भन्दै केहीबेर स्थगित भएको बैठक बेलुका सात बजे फेरि बस्ने नेताहरूले जनाएका छन् । हिजो बुधवार कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएपछि विवाद समाधान थप सहज बनेको नेताहरूको दाबी  छ । आन्तरिक तयारीका लागि अहिले बैठक स्थगित भएको र सात बजे बस्ने बैठकले सम्भवत सबै विवादको समाधान निकाल्ने कार्यदल सदस्य सुवासचन्द्र ने...