नागढुंगा सुरुङमार्गमा जग्गाको विवाद समाधान हुँदै

कात्तिक २५, काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माणमा देखिएको जग्गा विवाद समाधान हुँदै गएको छ ।  सडक यातायातमा नयाँ आयामका रुपमा रहेको सुरुङमार्ग निर्माणमा जग्गा प्राप्ति अवरोधका रुपमा रहेको थियो । अरु विवाद रहेका जग्गामा मात्रै जग्गा अधिग्रहण बाँकी रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जानकारी दिएको छ ।  आयोजनाका अनुसार अहिले धादिङ जिल्लास्थित केही जग्गाको अख्तियारमा मुद्दा रहेकाले छानबीनको क्रममा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । त्यसबाहेक काठमाडौं जिल्लामा पनि थोरै जग्गा प्राप्ति गर्न बाँकी छ । समस्या भएका ठाउँमा शुक्रवार नै जिल्ला प्रशासन कार्यालयमा छलफल गरेर टुङ्ग्याइने उनले बताए । उनले भने, ‘भोलिको बैठकले निर्णय गरेमा छिटपुट बाँकी विषय पनि टुंगो लगाउनेछ ।’ खत्रीपौवा पहिरामा मात्र समस्या बाँकी रहेको प्रमुख शाक्यले बताए । पहिरोको अध्ययन, डिजाइन गरेर कति जग्गा थप लिनुपर्ने भनी टुङ्ग्उनु पर्ने उनले बताए । ‘स्थानीयवासीले अध्ययन गर्न नदिएकाले जग्गा प्राप्त गर्नुपर्ने वा नपर्ने थाहा भएको छैन’, उनले भने, ‘चाडपर्वका कारण छलफल भएको थिएन, चाडपर्व सकिएकाले अब हुनेछ ।’  जग्गा प्राप्त भइसकेको ठाउँबाट ‘फ्लाइ ओभर’को निर्माण शुरु गरिएको छ । बलम्बुमा पहुँच सडकबाट ‘फ्लाई ओभर’ शुरु भएको प्रमुख शाक्यले बताए । त्रिभुवन राजपथमा जग्गा प्राप्त गर्नुपर्नेमा त्यहाँ पनि टुंगो लागेपछि निर्माण अघि बढाइनेछ ।  उनले भने, ‘अबको बैठकले बाँकी कुरा टुङ्ग्याएमा त्यहाँ पनि निर्माण अघि बढाइनेछ ।’ सुरुङ खनेपछि पानीको अभाव हुने भन्दै स्थानीयवासीले खानेपानीको व्यवस्थापनको माग गरेका थिए । त्यहाँको खानेपानी समस्या समाधानका लागि ट्यांकी निर्माण अन्तिम चरणमा पुगेको छ ।  केही दिनमा नै घर–घरमा पाइप लगिने उनले बताए । आयोजनाले बजेट छुट्टाइसकेको छ भने नगरपालिकासँगको समन्वयमा पाइप विच्छाइने बताइएको छ । रासस

सम्बन्धित सामग्री

नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न सभामुखको आग्रह

सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न आग्रह गरेका छन्।  नेपालको  विवाद समाधानका लागि काठमाडौं आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा सभामुख घिमिरेले...

चीन र भुटानबीच सीमा विवाद समाधान गर्न सहमति

बेइजिङ। चीन र भुटानबीच सीमा विवाद समाधान गर्न छलफललाई तिव्ररुपमा अघि बढाउने विषयमा महत्वपूर्ण सहमति भएको छ। सीमा विवाद तीन चरणमा समाधान गर्ने रोडम्याप तयार गरिएको जनाइएको छ। चीन र भुटानबीचको सीमा विवाद समाधान गर्न विशेषज्ञ टोलीको बैठक जनवरी १० देखि १३ सम्म चीनको कुनमिङ सहरमा भएको थियो। बैठकपछि संयुक्त विज्ञप्ति जारी गरेर सहमति बाहिर ल्याइएको हो।(बीबीसी)

धरानमा हर्क साम्पाङ र कार्यपालिका सदस्यबीचको विवाद समाधान

११ पुस, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई र कार्यपालिका सदस्यहरुबीचको विवाद समाधान भएको छ । विवाद समाधान भएपछि नगरकार्यपालिका बैठक सौहार्दपूर्ण वातावरणमा सुरु भएको छ कार्यपालिका सदस्यहरुले गत कात्तिक १७, २४ र मंसिर २९ गते बोलाएको बैठक बहिष्कार गरेका थिए । यसअघि धरान उपमहानगरपालिकामा कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेको भन्दै नगर प्रमुख […]

एनआरएनए जापानको विवाद समाधान गर्न हिराचन र भट्टलाई जिम्मेवारी

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले एनआरएनए जापानको विवाद समाधान गर्न सङ्घका संरक्षक तथा पूर्वअध्यक्ष देवमान हिराचन र भवन भट्टलाई जिम्मेवारी दिएको छ । उच्चस्तरीय समितिले हिराचन र भट्टलाईलाई एनसिसी जापानको विवाद समाधानको जिम्मा दिएको र सहमतिमा विवाद समाधान नभए निर्वाचन गर्ने पूर्ण अधिकारसमेत दिइएको सङ्घको सचिवालयका कार्यकारी निर्देशक राजेश राणाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ …

क्रियाशील सदस्यता विवाद समाधान गर्न देउवाले गरे छलफल

क्रियाशील सदस्यतासम्बन्धी देखिएका विवाद समाधान गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका छन्।

एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्ने भएको छ । यसअघि छलफल हुन बाँकी विषयमा आजको बैठकमा कुराकानी हुने नेताहरुले बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो वार्ता भएको थियो । पछिल्लो समय नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगेका बुले दुवै नेताबीच ५६ […]

जसपा विवाद समाधान आयोगको इजलासबाट हुने

काठमाडौं, असार २४ । आन्तरिक विवादमा फस्दै आएको जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधान अन्ततः निर्वाचन आयोगको इजलासबाट हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुवै पक्षबीचको विवाद छलफलबाट समाधान हुने नदेखिएपछि बोलाएको राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४५ अनुसार सुनुवाइका लागि इजलास गठन गरेको प्रवक्ता राजकुमार […]

एमाले विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय

एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको छ । खनाल–नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि निष्क्रिय भएको कार्यदलको बैठक सोमबार सिंहदरबारमा बसेको छ ।  बैठकपछि...

कांग्रेसमा क्रियाशीलको विवाद समाधान गर्न शीर्ष नेताको बैठक बस्दै

१४ औँ महाधिवेशनको तयारीमा जुटेको कांग्रेसले क्रियाशील सदस्यताको विवाद समाधान गर्न सकेको छैन । सभापति शेरबहादुर देउवाले विवाद समाधान र महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न शीर्ष नेताहरुको बैठक बोलाएका छन्...

एमालेको विवाद समाधान गर्न कार्यदल गठनको तयारी

१ जेठ, काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् । यसअघिको भेटवार्तामा ओली र नेपाल दुवै पक्ष कार्यदल गठन गर्ने र त्यसको आधारमा विवाद समाधान […]