पाँच वर्षमा २५ प्रतिशत बढे भ्रष्टाचारका उजुरी, फर्स्यौटमा ढिलाइ

‘म भ्रष्टाचार गर्दिनँ र कसैलाई भ्रष्टाचार गर्न दिन्नँ’ भन्ने सरकारको नारा भए पनि हरेक वर्ष मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थापना दिवसका अवसरमा शनिबार प्रकाशित गरेको तथ्यांकअनुसार ५ वर्षमा २४.८५ प्रतिशतले भ्रष्टाचारको उजुरी बढेको छ । यसले मुलुकमा भ्रष्टाचार बढ्दो क्रममा रहेको देखाएको छ । अर्कोतिर अख्तियारले समयमा उजुरीबारे फस्र्यौट […]

सम्बन्धित सामग्री

प्रदेशबाट श्रमस्वीकृति लिने ४४ प्रतिशत बढे

वैदेशिक रोजगारीको श्रमस्वीकृति सेवा विकेन्द्रीकरण गरेर दिन थालिएपछि एक वर्षमा ७५ हजार युवा प्रदेशबाटै काम गराएर लाभान्वित भएका छन् । श्रमस्वीकृतिको काम प्रदेशस्तरका ६ वटा श्रम कार्यालयबाट सुरु भएपछि गत आर्थिक वर्षमा ७५ हजार ११८ युवाले पुन: र व्यक्तिगत श्रमस्वीकृति लिएका हुन् । यसमा पुन: श्रमस्वीकृति लिनेको संख्या ६९ हजार ५९५ र व्यक्तिगत श्रमस्वीकृतिको संख्या […]

१३५ प्रतिशतले बढे बैंकिङ कसुरका मुद्दा

एक वर्षमा प्रहरीमा १२ हजार मुद्दा दर्ता, ९९ प्रतिशत चेक बाउन्ससम्बन्धी प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाप दोब्बरभन्दा धेरै भएको छ । आर्थिक वर्ष ०७९/८० मा बैंकिङ कसुरका मुद्दा अघिल्लो वर्षमा भन्दा एक...

अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे

मिर्गौला  प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआइएचडब्ल्यू) ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २००० मा ११ हजार सात सयले मिर्गौला  प्रतिस्थापन थेरापी लिएकामा सन् २०२० मा त्यो सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएर २७ हजार सात सय पुगेको थियो ।  अस्पताल भर्ना भएका मध्ये ५३ प्रतिशत डायलासिस (मिर्गौलाले राम्रोसँग काम

बागमतीमा बढे मन्त्रालय तर बढेन बजेट खर्च

हेटौंडा : बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा पनि बजेट खर्च गत वर्षकै लयमा गर्ने भएको छ। खर्च बढाउन आर्थिक वर्षको अन्तिममा जथाभावी बजेट बाँड्दै आएको प्रदेश सरकारले यस वर्ष पनि त्यसलाई निरन्तरता दिने देखिएको हो।चालू आवको १० महिनामा प्रदेश सरकारले गरेको निराशाजनक बजेट खर्चले यस वर्ष पनि आवको अन्तिममा बजेट खर्च बढाउन जथाभावी खर्च हुने छाँट देखिएको हो। चालू आवको १० महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको ३५ प्रतिशत मात्र बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अ

साढे २१ लाख जनसंख्या विदेशमा, १० वर्षमा विदेशिने महिला ७१ प्रतिशतले बढे

१० वर्षको अवधिमा नेपालबाट विदेशिने महिलाको संख्या ह्वात्तै बढेको छ । २०६८ सालको तुलनामा २०७८ मा आइपुग्दा विदेशिने महिलाको संख्या ७१.०९ प्रतिशतले बढेको पाइएको हो । दश वर्षअघि २०६८ सालमा विदेशमा अक्सर बसोवास गर्नेहरूको सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरुष १६ लाख ८४ हजार २९ अर्थात ८७.६४ प्रतिशत थिए । यस्तै महिला २ लाख ३७ हजार ४००  अर्थात १२.३६ प्रतिशत थिए । तर २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्

महिलाको नाममा जग्गापास गर्ने बढे

जुम्ला । राजस्व छुट व्यवस्थाले जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको छ । चालू आर्थिक वर्षमा १२५ जना महिलाका नाममा जग्गापास भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका ७ गाउँपालिकाका ५४ र एक नगरपालिकाका ७१ महिलाका नाममा जग्गा रजिस्ट्रेसन भएको कार्यालयका प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए । ‘गाउँपालिकाभन्दा नगरपालिकाका महिलाका नाममा बढी जग्गा रजिस्ट्रेसन भएको छ’, कार्यालय प्रमुख रोकायाले भने ।    नगरपालिकाको महिलाका नाममा जग्गा पास भए २५ प्रतिशत र गाउँपालिकाका महिलाका नाममा जग्गा रजिस्ट्रेसन भए राजस्वमा ५० प्रतिशत छुट रहेको कार्यालयले जनाएको छ । मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन गर्ने दलित समुदाय र अपांगता भएकलाई राजस्वमा २५ प्रतिशत छुट दिने व्यवस्था पनि रहेको छ । चालु आर्थिक वर्षको हालसम्म ३१ जना दलितका नाममा जग्गा रजिस्ट्रेसन भएको मालपोत कार्यालय जुम्लाले बतााएको छ ।     चालू आर्थिक वर्षको कात्तिकसम्म जुम्ला मालपोत कार्यालयले ९९ लाख ९६ हजार ५६१ राजस्व संकलन गरेको छ, जसमध्ये जग्गा रजिस्ट्रेसनतर्फ ६७ लाख ९० हजार ३१२ राजस्व संकलन भएको छ । रासस

ट्रेडमार्क दर्तामा २१ प्रतिशत गिरावट

नेपालमा बौद्धिक सम्पत्तिप्रति पर्याप्त चेतना नहुँदा यससम्बन्धी अधिकार स्थापित हुन सकेको छैन । बौद्धिक सम्पत्ति मानिने प्रतीक चिह्न (ट्रेडमार्क) सहित प्याटेन्ट तथा डिजाइन दर्ता अझै सुस्त छ । गत आर्थिक वर्ष २०७७-७८ मा प्याटेन्ट र डिजाइन सुरक्षित गर्ने क्रम बढे पनि ट्रेडमार्क लिने कम्पनीको संख्या भने घटेको छ ।उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा देशमा […]

महिलाको नाममा जग्गा नामसारी गर्ने बढे

खलङ्गा । जुम्लामा महिलाको नाममा जग्गा नामसारी गर्नेको सङ्ख्या बढेको छ । मालपोत कार्यालय जुम्लाका अनुसार गत आर्थिक वर्षमा २६३ जना महिलाको नाममा जग्गा नामसारी भएको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए । सो नाममा रु १३ लाख ३८ हजार ९९९ राजश्वमा छुट दिइएको छ । चन्दननाथ नगरपालिकाभित्रका ११८ महिलालाई २५ प्रतिशत र स्थानीय तहका १४५ […]

कोरोना महामारीमा बढे बलात्कार र हत्या

बलात्कारका घटनामा ६५ प्रतिशत पीडित बालबालिका, ८२ प्रतिशत चिनेजानेकाबाटै कोरोना महामारीले प्रभावित बनेको गत वर्षमा समग्रमा अपराधका घटना घट्दा केही गम्भीर किसिमका अपराध भने बढेका छन् । बलात्कार, हत्या, लागुऔषध र आत्महत्याजस्ता...

गोरखामा सम्बन्ध विच्छेदका मुद्दा बढे

१३ साउन, गोरखा । गोरखा जिल्ला अदालतमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७७७८ मा कुल ७२८ मध्ये ३५१ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेको जिल्ला न्यायाधीश दिनबन्धु बरालले जानकारी दिए । यो कुल मुद्दाको ४८.२१ प्रतिशत रहेको उनले बताए । तीमध्ये २५२ मुद्दा फर्छ्यौट भएको छ । […]