कोरोना महामारीका कारण रोकिएको नवौं राष्ट्रिय खेलकूद आगामी जेठ २२ देखि २७ गतेसम्म हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले जानकारी दिए ।